close

घरमै बस्न प्रेरित गर्दै मोबाइल नेटवर्कमै ‘स्टे होम एट एनसेल’

टेकपाना टेकपाना

चैत १५, २०७६ १५:३०

घरमै बस्न प्रेरित गर्दै मोबाइल नेटवर्कमै ‘स्टे होम एट एनसेल’

काठमाडौं । एनसेलले सोसल डिस्टेन्स अर्थात सामाजिक दुरीलाई बढावा दिन आफ्नो नेटवर्कको नामै परिवर्तन गरेको छ । कोरोनाबाट बच्न सोसल डिस्टेन्स कामय गर्न आवश्यक रहेको भन्दै उसले नेटवर्कको नाम ‘स्टे होम एट एनसेल’ (#stayhome@ncell) राखेको हो ।

जुन प्रयोगकर्ताको मोबाइलको टावर देखाउँने स्थानमा देखिने छ । कम्पनीका अनुसार यो समय सबैलाई घरमा बस्न प्रेरित गर्न यसो गरिएको हो ।

मोबाइलको स्पेसिफिकेस र सेटिमा हुने समस्याले गर्दा यो सबै मोबाइलमान भने नदेखाउन सक्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६