close

साओमी एमआई टेन विश्व बजारमा

टेकपाना टेकपाना

चैत १५, २०७६ १८:२१

साओमी एमआई टेन विश्व बजारमा

काठमाडौं । कोरोनाको त्रासका बावजुद साओमीले शनिबार आफ्नो फ्ल्यागशिप स्मार्टफोन एमआई टेन सार्वजनिक गरेको छ । करीब दुई महिना अघि चिनियाँ बजारमा सार्वजनिक यो फोन कम्पनीले आजबाट विश्व बजारमा ल्याएको हो ।

कम्पनीले एमआई टेन सिरिजमा एकसाथ तीन स्मार्टफोन सार्वजनिक गरेको छ । जसमा एमआई टेन, एमआई टेन प्रो र एमआई टेन लाइट फाइभ जी रहेका छन् । यी सबै फोन क्वालकम स्न्यापड्रागन ८६५ चिपसेट प्रयोग गर्ने पहिलो फोन समेत बनेका छन् ।

फाइभजी नेटवर्क सपोर्ट गर्ने फोनमा चार वटा क्यामेरा रहेका छन् । जसमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, १३ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स, २ मेगा पिक्सेलको म्याक्रो लेन्स, २ मेगा पिक्सेलको डेप्थ लेन्स छन् । जसले एटके भिडियो खिच्न सक्छ ।

त्यस्तै सेल्फीको लागि फोनमा २० मेगापिक्सेलको क्यामेरा रहेको छ । एन्ड्रोइड टेनमा आधारित फोनमा क्वालकम एमएम ८२५० स्न्यापड्रागन ८६५ चिपसेट प्रयोग गरिएको छ ।

फोनमा ४७८० एमएएचको ब्याट्री रहेको छ भने ३० वाटको फास्ट चार्जिङ सिस्टम सहित फिंगर प्रिन्ट सेन्सर प्रयोग गरिएको छ ।

एमआई टेन सिरिजका स्मार्टफोनसँगै कम्पनीले राउटर, एमआई ट्रयु वायरलेस एयरफोन, एमआई प्युरिफायर र एमआई टीभी समेत सार्वजनिक गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६