close

डिजिटल अर्थतन्त्रमा सिंगापुर र अष्ट्रेलियाको संयुक्त अग्रसरता

टेकपाना टेकपाना

चैत १५, २०७६ १७:५०

डिजिटल अर्थतन्त्रमा सिंगापुर र अष्ट्रेलियाको संयुक्त अग्रसरता

एजेन्सी । सिंगापुर र अष्ट्रेलियाले डिजिटल अर्थतन्त्रको विषयमा भर्खरै एउटा सम्झौता गरेका छन् । सम्झौता अन्तर्गत दुई मुलुकले आर्टिफिसियल इन्टेलिजेन्स, सीमा वारपार डेटा बहाव तथा अनलाइन भुक्तानी लगायत धेरैओटा क्षेत्रमा राष्ट्रिय स्तरमा समन्वय गर्ने बताएका छन् । 

उक्त सम्झौताअनुसार दुई मुलुकबीच गहीरो समन्वयलाई सहजीकरण गर्न आवश्यक फ्रेमवर्क तयार गरिनेछ । साथै सम्झौता अनुसार अन्तराष्ट्रिय नियमनलाई आकार दिएर डिजिटल सिस्टममा अन्तरसञ्चालनको व्यवस्था स्थापना गरिनेछ । 

अष्ट्रेलिया सिंगापूर डिजिटल इकोनोमी एग्रिमेन्ट डीईएमाथि गत अक्टोबरमा वार्ता भएको थियो । करीब एक साथा अघि भिडियो कन्फ्रेन्समार्फत यो विषयमाथि टुंगो लागिसकेको छ । 

उक्त भिडियो कन्फ्रेन्समा अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन र उनका सिंगापुरका समकक्षी लि हासिन लुङले विभिन्न क्षेत्रमा द्विपक्षीय समन्वय गर्न सहमति जनाएका छन् । 

सम्झौतामा एआई प्रविधिमा भएका उत्कृष्ट अभ्यासलाई दुई देशबीच सेयर गर्ने तथा त्यस्ता एप्लिकेसनहरुको बजारीकरण गर्ने विषयमा सहमति भएको हो । साथै एआईको प्रयोगमा इथिकल गभर्नेन्स फ्रेमवर्कको प्रयोगलाई बढावा दिने समेत सहमति भएको छ । 

यस्तै सिंगापुरको इन्फोकम मिडिया डेभलपमेन्ट अथोरिटी एडीए र अष्ट्रेलियाको डिपार्टमेन्ट अफ इन्डस्ट्री, साइन्स, इनर्जी एण्ड रिसोर्सेस डीआईएसईआरले क्रसबोर्डर डेटा शेयरिङ प्रोजेक्टलाई सहायता गर्ने छन् ।  

यसका साथै आईएसडीएलले ई-इनभ्वाइसिङ लगायत व्यवसायिक दस्तावेजहरुको विद्युतीय माध्यमबाट आदानप्रदानका लागि अष्ट्रेलियन कर कार्यलयसँग मिलेर काम गर्नेछ ।

दुबै देशका सरकारी एजेन्सीहरुले ई-इनभ्वाइसिङ स्ट्याण्डर्डलाई प्रवर्द्धन गर्नुका साथै दुई मुलुकबीचको व्यवसायमा त्यस्तो कारोबार सञ्चालन गर्नेछन् । 

दुबै मुलुकले सुरक्षित क्रस बोर्डर ई-पेमेन्ट विकासलाई सपोर्ट गर्ने बताएका छन् । साथै सर्वस्वीकार्य मापदण्ड आईएसओ ०२००२२ र एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस एपीआईको प्रयोगलाई बढावा दिन पारदर्शी तथा सहज नियम ल्याउने  बाचा गरेका छन् । 

सिंगापुरले गत जनवरीमा न्युजिल्याण्ड र चिलीसँग सोही किसिमको डिजिटल इकोनोमीको ट्रेड एग्रीमेन्ट सम्पन्न गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६