close

टेलिकमको कोरोनाबारे फेरि अर्को रिङ्टोन, क्वारेन्टाइनमा बस्न आग्रह

टेकपाना टेकपाना

चैत १५, २०७६ १८:४५

टेलिकमको कोरोनाबारे फेरि अर्को रिङ्टोन, क्वारेन्टाइनमा बस्न आग्रह

काठमाडाै‌ं । सरकारी दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले आफ्नो रिङ्टोन परिवर्तन गरेको छ । कोरोना संक्रमणबाट सतर्कता अपनाउन रिङटोनबाटै सन्देश दिइरहेको टेलिकमले पहिलोपटक कोरोनाबाट बच्ने उपाय सहितको सन्देशलाई रिङ्टोन बनाएकोमा दोस्रो पटक लकडाउनमा घरबाहिर नजाने सन्देश समावेश गरेको थियो ।

टेलिकमले शनिबार फेरि विदेशबाट आएकालाई क्वारेन्टाइनमा बस्ने सन्देश सहितको रिङ्टोन जारी गरेको छ । नयाँ रिङटाेनमा ‘विदेशबाट आएका र शंका लागेका व्यक्तिहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा बसौ । आफू पनि बचौ, अरुलाई पनि बचाऔं ।’ भन्ने सन्देश रहेकाे छ ।

टेलिकमका अनुसारा यी सबै रिङ्टोन नेपाल टेलिभिजनकाे सहकार्यमा बनाइएकाे हाे । यसमा टेलिभिजनकी प्रस्ताेता अनिता बिन्दुले आवाज दिएकी हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६