close

कोरोना भाइरस ट्रयाक गर्ने एप बनाउँदै भारत

टेकपाना टेकपाना

चैत १६, २०७६ १५:२५

कोरोना भाइरस ट्रयाक गर्ने एप बनाउँदै भारत

काठमाडौं । भारतमा चाँडै कोरोना भाइरस ट्रयाक गर्ने एप सार्वजनिक हुने भएको छ । जसले प्रयोगकर्तालाई कोरोना भाइरस संक्रमण भएका व्यक्तिको नजिक पुग्न लागेको समयमा सचेत गराउने छ ।

उक्त एपलाई कोविन–२० नाम दिइएको छ । जसको हाल एन्ड्रोएड र आईओएसमा परीक्षण भइरहेको उल्लेख गरिएको छ । यसले प्रयोगकर्ताको लोकेसन ट्रयाक गरी यदि उनिहरु कोरोना संक्रमितको नजिक पुगेको अवस्थामा जानकारी दिने उल्लेख गरिएको छ ।

पहिलो चरणमा यो केही मानिसमार्फत परीक्षण भइरहेको छ । परीक्षणपश्चात यसलाई देशव्यापी रुपमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । यसले मोबाइलको लोकेसन र ब्लुटुथ कनेम्टीभिटिको प्रयोग गर्ने छ ।

यसले सरकारसँग भएको कोरोना संक्रमितको डाटाबेसका आधारमा काम गर्नेछ । साथै यो एपले व्यक्तिको यात्राको सम्पुर्ण तथ्याङ्क पनि तयार पार्नेछ । यदि कुनै व्यक्तिमा कोरोना संक्रमण भएको खण्डमा उक्त व्यक्तिले को–को सँग भेटेको थियो, कहाँ–कहाँ गएको थियो भन्ने सम्पुर्ण जानकारी दिने छ ।

यसले कोराना संक्रमण भएका र हुन सक्ने व्यक्ति पहिचानमा सहयोग पुग्ने उल्लेख गरिएको छ । यो एपमार्फत संकलन गरिएका तथ्याङ्क सरकारको स्वास्थ्य मन्त्रालयलाई मात्रै उपलब्ध हुने भएकाले व्यक्तिको जानकारी तथा गोपनीयता बाहिर नजाने समेत दाबी गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६