close

अमेरिकी कम्पनीले बनाएको प्रविधिले कोरोनाको परीक्षण ५ मिनेटमै गर्ला ?

टेकपाना टेकपाना

चैत १६, २०७६ १३:९

अमेरिकी कम्पनीले बनाएको प्रविधिले कोरोनाको परीक्षण ५ मिनेटमै गर्ला ?

एजेन्सी । अबूट ल्याब्रेटोरीले कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रामक कीटाणू डिटेक्ट गर्ने सिस्टम बनाएको दाबी गरेको छ ।  उसले कोभिड-१९ को स्ट्रेनको मलिकुर परीक्षण गर्न अमेरिकी खाद्य तथा औषधी प्रशासन एफडीएले स्वीकृति दिए थियो । 

अबूट ल्याब्रेटोरीले उक्त स्ट्रेनको मलिकुलर परीक्षणको पोजेटिभ परिणाम पाँच मिनेटमा र नेगेटिभ परिणाम १३ मिनेटमा निकाल्ने बताएको छ । 

अबूटको आईडी नाउ प्लेटफर्मले उक्त स्ट्रेनको मलिकुलर परीक्षण गर्ने छ । यसले विभिन्न ठाउँहरुमा कोरोना भाइरसको लोकेसनलाई स्क्रिनिङ गर्न मद्दत समेत गर्ने बताइएको छ ।

कित्सकको कार्यालयको प्रयोगशाला होस् वा नर्सिङ होम, यसले आधा घण्टाभीत्रै कोभिड-१९ को संक्रामक कोरोना भाइरसलाई डिटेक्ट गर्नेछ । 

‘आईडी नाउको परीक्षणबाट स्वास्थ्यकर्मीहरुले मलिकुलर प्वाइन्ट अफ केयर टेस्टिङको काम कोरोना फैलिएको जुनसुकै अस्पतालमा गएर पनि गर्न सक्छन्,’ अबूटका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकारी रोबर्ट फोर्ड भन्छन् ।

एकहप्ताको अवधिमा एफडीएले धेरै त्यस्ता प्वाइन्ट अफ केयर डाइग्नोस्टिकहरुलाई स्विकृति दिइसकेको छ । यसमा मेसा बायोटेक कम्पनी र सिपहेड जस्ता कम्पनीले तयार पारेको डायग्नोस्टिक पनि समावेश छन् । 

अबूट कम्पनीको हकमा भने उसले आफ्नो उक्त आईडी नाउ कोभिड-१९ को परीक्षणलाई अर्को हप्तासम्म उपलब्ध गराउने बताएको छ । यस अन्तर्गत उसले प्रति दिन ५० हजार परिक्षणहरु उपलब्ध गराउन सक्ने बताएको छ । 

यसअलावा अघिल्लो महिना एफडीएको इमरजेन्सी युज अथोराइजेसनमा अबूटको एम २००० टीएम रियल टाइम सिस्टमले जित हासिल गरेको थियो ।

पछि उक्त सिस्टमलाई विभिन्न अस्पताल तथा एकेडेमिक मेडिकल सेन्टरहरुले आफ्नो डायग्नोस्टिक क्षमतालाई बढाउन प्रयोग पनि गर्न थालेका थिए । उक्त सिस्टमले डायग्नोस्टिक परीक्षणको विकासमा एउटा इतिहास नै रचेको थियो । 

अबूटको आईडी नाउ पनि २०१४ मा सार्वजनिक भएको थियो । यसले इन्फ्लुन्जा ए एण्ड बी, स्ट्रेप ए र आरएसभी टेस्टिङका लागि मलिकुलर प्वाइन्ट अफ केयर प्लेटफर्मको काम गर्दै आएको छ ।

अब भने एफडीआईको स्वीकृतिसँगै यसले कोरोना भाइरसलाइ डिटेक्ट गर्न पनि काम गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६