close

कोरोनाको नाममा हुनसक्ने स्क्यामबाट यसरी बच्नुहोस्

टेकपाना टेकपाना

चैत १६, २०७६ १४:१३

कोरोनाको नाममा हुनसक्ने स्क्यामबाट यसरी बच्नुहोस्

काठमाडौं । कोभिड-१९ अर्थात कोरोना भाइरसको संक्रमण फैलिन नदिन अहिले विश्व समुदाय कठीन संघर्षमा छ । यसबीच मानिसहरु यो रोगको संक्रमणबाट जोगिन जानकारीका लागि विश्वसनीय माध्यमहरुको खोजी गरिरहेका छन् । 

तर दूर्भाग्यवश विभिन्न स्पामर्स र स्क्यामर्स अर्थात साइबर दुनियाँमा छलछाम गर्नेहरुले यो प्रतिकूल अवस्थाको फाइदा उठाइरहेका छन् । यो अवस्था पनि कोरोना प्रकोपभन्दा कम भयावह छैन ।

केही सरकारी निकायहरु यस्ता स्क्यामर्सहरुविरुद्ध लडाई गर्न अघि सरेका पनि छन् । तर यस्ता विषयहरु सरकारी निकायको अग्रसरतामाभन्दा पनि व्यक्तिको सजगतासँग जोडिएर आउँछन् । त्यसैले आज हामी तपाईंहरुलाई केही यस्ता तरिकाहरु बताउँदै छौं, जसको माध्यमबाट तपाईंहरु यस्ता समस्याबाट टाढा रहन सक्नुहुनेछ । 

१. कोभिड १९ को उपचार गर्ने कुनै उत्पाद तयार भइसकेको छैन 

कोभिड-१९ को महामारीलाई कतिपय व्यक्ति र व्यवसायिक कम्पनीहरुले व्यापार गर्ने अवसरको रुपमा लिएका छन् । उनीहरु कोरोनालाई निर्मूल गर्ने औषधी आफूसँग भएको दाबीका साथ खुलेयाम विज्ञापन गरिरहेका छन् । तर यो नोबल कोरोनाभाइरस नयाँ रोग हो । हालसम्म यसका कुनै पनि औषधी तथा उपचार तयाए भएका छैनन् । यसको एन्टीडट भ्याक्सिन अहिले परीक्षणकै क्रममा छ । 

केही दिन अघि मात्र अमेरिकी संघीय व्यापार आयोग तथा खाद्य तथा औषधि प्रशासनले हालै सातओटा कम्पनीलाई कोरोना उपचारको नाममा गलत सामग्रीको प्रचार नगर्न चेतावनी दिएको थियो । त्यसैले यस किसिमका वज्ञापनको भ्रममा परेर कुनै लिंक क्लिक नगर्नुहोस् ।  

 २. स्क्याम इमेल तथा टेक्स्ट

पछिल्ला वर्षहरुमा फिसिङ स्क्याम निकै चल्तीमा आएको छ । यस अन्तर्गत स्क्यामरहरुले तपाईंको व्यक्तिगत सूचनाहरु तपाईंकै हातबाट प्राप्त गर्नका लागि ईमेल वा टेक्स्टहरु पठाउन सक्छन् । यसका लागि स्क्यामरहरुले आधिकारिक तथा व्यवसायिक कम्पनीहरुको जस्तो देखिने इमेल एड्रेसहरु प्रयोग गरिरहेका हुन्छन् । 

यस्तै कहिलेकाँही स्क्यामरहरुले तपाईंको नाम तथा फोन नम्बर समावेश गरी आफूलाई सक्कली जस्तो देखाएर तपाईंलाई फोन तथा टेक्स्ट गर्न सक्छन् । 

कोरोनाभाइरस जस्तो नयाँ प्रकोपमा पनि यो फण्डा प्रयोग नहोला भन्न सकिन्न । यसकारण यदि फोन कल तथा म्यासेजबाट कसैले तपाईंलाई केही बेच्न चाहँदै छ भने त्यो जति सुकै आधिकारिक जस्तो देखिए पनि एकदमै चनाखो बस्नुहोस् ।

३. आफ्नो अनलाइन पहिचान सुरक्षित राख्नुहोस् 

फिसिङ स्क्यामको प्रयोग सर्वाधिक रहेको समयमा कोभिड-१९ को स्क्यामबाट आफूलाई बचाउन अत्यावश्यक भएको छ । यसकारण कोभिड-१९ सम्बन्धि कुनै पनि स्क्यामहरु आए तपाईं चनाखो हुन अत्यावश्यक छ । 

साइबर सुरक्षा विज्ञहरुले मानिसहरुलाईं राम्रो अनलाइन सुरक्षाको अभ्यास गर्न सुझाव दिँदै समेत आएका छन् । यसका लागि तपाईंले व्यक्तिगत डेटाको ब्याकअप तयार गर्नुहोस्, टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नुहोस् । यसले गर्दा तपाईंको अकाउन्टमा स्क्यामरहरुले पहुँच पाउन सक्दैनन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६