close

कोरोनाबारे सम्पूर्ण जानकारी दिने सरकारी मोबाइल एप, यसरी गर्नुहोस् डाउलोड

टेकपाना टेकपाना

चैत १६, २०७६ १७:४३

कोरोनाबारे सम्पूर्ण जानकारी दिने सरकारी मोबाइल एप, यसरी गर्नुहोस् डाउलोड

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको सम्पुर्ण जानकारी दिने मोबाइल एप ‘हाम्राे स्वास्थ्य’ सार्वजनिक गरेको छ । कोरोनाबाट संक्रमित व्यक्तिको पहिचान गर्न र त्यस्ता व्यक्तिको नजिक रहेका अस्पताल समेत खोज्न मिल्ने गरी मोबाइल एप बनाइएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताएका छन् ।

उक्त एपमार्फत प्रयोगकर्ताले विभिन्न ठाउँहरुमा रहेका अस्पताल र आइसोलेशन स्थानहरुको जानकारी दिने छ । यसैगरी कोरोनासँग सम्बन्धित सम्पुर्ण विवरण त्यसैमा उपलब्ध हुने समेत उल्लेख गरिएको छ ।

यदि कसैलाई कोरोनाको शङ्का लागेमा एउटा अस्पतालमा कोरोना जाँचको सुविधा छैन भने अर्को कुन अस्पताल जाने भन्ने सुविधा पनि एपमा रहेको छ ।

एपबाट हालसम्म कति नमूना परीक्षण भए, रिजल्ट कस्तो आयो लगायतका जानकारी लिन समेत सकिने मन्त्रालयले जनाएको छ । त्योभन्दा पनि महत्वपूर्ण कुरा व्यक्ति आफैले पनि कोरोनाको सम्भावित लक्षण छ भने त्यहाँ आफूलाई देखिएको लक्षण उल्लेख गरेर मूल्यांकन गर्न सकिने मन्त्री ढकालले बताए ।

यी सम्पूर्ण जानकारी मन्त्रालयको स्वस्थ्य आपतकालिन केन्द्रबाट उपलब्ध गराइने छ । एपमा उमेर समूह अनुसार कस्तो अवस्था छ भनेर हेर्न सकिने सुविधा पनि छ । स्वास्थ्य मन्त्रालयले जारी गरेका सम्पूर्ण सुचना यही एपबाट प्राप्त गर्न सकिने छ ।

यसले समग्रमा कोरोनको संक्रमण रोकथाम गर्न आफैले घरमा बसेर स्वःमूल्यांकन गरेर थाहा पाउन मद्धत गर्ने विश्वास मन्त्रालयको छ । हाल मोबाईल एप ‘हाम्रो स्वास्थ्य’ वेब पोर्टल बाट डाउनलोड गर्न सकिन्छ । अबको केही दिनमै गूगल प्लेस्टोरबाट समेत एप डाउलोड गर्न सकिनेछ ।

वेबसाइटमा जानुहोस् र माथि देखाइएको स्थानमा क्लिक गरी मोबाइल एप डाउनलोड गर्नुहोस् ।

तत्काल एप डाउलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६