close

कोभिड-१९ को डेटा सेट अहिलेसम्मकै प्रस्ट

टेकपाना टेकपाना

चैत १६, २०७६ १७:३३

कोभिड-१९ को डेटा सेट अहिलेसम्मकै प्रस्ट

एजेन्सी । कोभिड-१९ अर्थात कोरोना महामारीका सम्पुर्ण तथ्याङ्कहरु संकलन गरी र्‍याापिड क्लिपमा राख्ने तयारी भएको छ । इपिडिमियोलोजिस्ट तथा डेटा साइन्सको क्षेत्रमा काम गरिरहेकाहरुका लागि एनालिसिस टूलको निर्माण गर्न टेक भेण्डरहरुले यस्ता डेटालाई संकलन गरेका हुन् ।

चीनमा कोभिड १९ को प्रकोप फैलिएपछि पहिलो डेटा एनालिसिस र एग्रिगेसन टूल ल्याइएको थियो । कोभिड १९ सम्बन्धि डेटा संकलनको यस काममा द ड्यासबोर्ड, कर्टेसी अफ जोन हप्किन्स युनिभर्सिटी, गो टु डेटा श्रोत बनेका छन् ।

यस्तै यी संस्थाहरुले डब्लूएचओ, सीडीसी, ईसीडीसी, एनएचसी, डीएक्सवाई, वान प्वाइन्ट थ्री एक्रश, वर्ल्ड मिटर्स डट इन्फो, बीएनओ, राज्य तथा सरकारी स्वास्थ्य विभाग र स्थानीय मिडिया रिपार्टहरुबाट डेटा संकलन गरिरहेका छन् । 

जोन हप्किन्सले गिट हबमा पनि ती डेटाहरु राखेको छ । ड्यासबोर्डले जनवरी २३ मा उक्त डेटा सार्वजनिक गरेपछि कोभिड-१९ अहिले सम्भवतः सबैभन्दा धेरै हेरिएको महामारी डेटा सेट बनेको छ । 

यसअघि विभिन्न स्रोतका डेटाहरु उपलब्ध नभएका होइनन् । तर विश्लेषणका लागि स्पष्ट तथ्याङ्क उपलब्ध गराउन यो पछिल्लो प्रयास भएको हो ।

यस कामका लागि विभिन्न प्रविधि व्यवसायीहरुले विभिन्न स्रोतबाट डेटा संकलन गरेका छन् । टेबल्यु कम्पनीले जोन हप्किन्सबाट डेटा लिएर स्टार्टर ड्यासबोर्डमा प्रकाशन गरेको छ । 

ओपन सोर्स डेटा पनि अहिले एकदमै सहयोगी भएको छ । अनुसन्धानकर्ता तथा अट्लान्टिक राइटरहरुले धेरै स्रोतहरुबाट ओपन सोर्स सफ्टवेयर प्रयोग गरी डेटा निकाल्दैछन् । 

यस्तै गिटहबसँग पनि डेटा वर्ल्ड र कागल जस्तै कोभिड-१९ को डेटा सेटको सिरिज छ । यस्तै रेडिटसँग पनि डेटा छ । आवर वर्ल्ड ईन डेटासँग पनि कोरोना भाइरस रिसर्च तथा डेटाको राम्रो संकलन छ । 

क्लाउड डेटा प्लेटफर्म स्नोफ्लेकले डेटा सर्भिस फर्म स्टार्सस्किमको घोषणा गरेको छ, जहाँ प्रारम्भिक डेटा सेट छ । आईबीएमले पनि डेटा संकलन गरी त्यसलाई वेदर च्यानल एपसँग मिलाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६