close

एटिएम कार्डबाटै यसरी गर्नुहोस टेलिकमको रिचार्ज

टेकपाना टेकपाना

चैत १७, २०७६ १०:१०

एटिएम कार्डबाटै यसरी गर्नुहोस टेलिकमको रिचार्ज

काठमाडौं । तपाईसँग एटिएम कार्ड छ भने नेपाल टेलिकमको सिमकार्डमा सहजै रिचार्ज गर्न सक्नुहुन्छ । मोबाइल वालेट प्रयोग गर्नुहुन्न तर लकडाउनमा रिचार्जको समस्या छ भने यो सुविधा तपाईका लागि पक्कै उपयोगी हुन सक्छ । एटिएम कार्डबाट रिचार्ज गर्ने तरिका यस्तो छ ।

सुरुमा नेपाल टेलिकमको आधिकारिक वेबसाईटमा जानुहोस् । त्यसपछि त्यहाँ रहेको अनलाईन रिचार्जमा गएर ‘रिचार्ज युजिङ पिन’ र ‘रिचार्ज युजिङ कार्ड(मास्टर कार्ड, भिसा, युनियन पे)’ मध्ये कार्डमा क्लिक गर्नुहोस् । त्यहाँ क्लिक गर्ने बित्तिकै नयाँ पेज खुल्नेछ । अथवा तपाई यहाँ क्लिक गरि सिधै गएर पनि रिचार्न गर्न सक्नुहुन्छ ।

उक्त पेजमा त्यहाँ तपाईंले आफ्नो रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर हाल्नुहोस् । साथै त्यसको तल सुरक्षाको लागि एउटा बक्स दिइएको छ ।

उक्त बक्समा क्लिक गर्दा एउटा पप–अप बक्स खुल्नेछ । त्यहाँ केही तस्विर हुनेछ । त्यसमध्यबाट तपाईंले तोकिएको तस्विर छनोट गर्नुपर्ने हुन्छ । त्यसपछि ‘प्रोसिड रिचार्ज’ मा क्लिक गरी तपाईं अर्को चरणमा प्रवेश गर्न सक्नुहुनेछ ।

अर्को चरणमा तपाईंले कति रिचार्ज गर्न खोज्नु भएको हो छनोट गर्ने विकल्प दिइएको छ । त्यसमध्ये आफुलाई चाहिएको रकम छनोट गरी ‘प्रोसीड’मा क्लिक गरी फेरी अर्को चरणमा जानुहोस ।

जहाँ तपाईंलाई तपाईंको नम्बर र रिचार्ज गर्न लागिएको रकम सही छ छैन भनी प्रमाणीत गर्ने मौका उपलब्ध हुनेछ । यदि सही छ भने तपाईं सिधै ‘कन्फर्म रिचार्ज’ मा क्लिक गरि अघि बढ्न सक्नुहुनेछ । यदी नम्बर अथवा रकम गतल भएमा ब्याक गरी पून नम्बर हाल्न सक्नुहुनेछ ।

कन्फर्म रिचार्ज गरि अघि बढेसँगै तपाईं एटिएम कार्डको जानकारी हाल्नु पर्ने चरणमा पुग्नु हुनेछ । त्यहाँ तपाईंले आफ्नो कार्डको नम्बर, कार्ड सकिने समय, तपाईंको पुरा नाम र सीभीभी नम्बर(कार्डको पछाडी भागमा लेखिएको तीन अक्षको नम्बर) र ईमेल हाली ‘ओके’ क्लिक गर्न सक्नु हुनेछ । यो सँगै तपाईंले अन्त्तीममा ‘कन्फर्म’ गरी मोबाइल रिचार्ज गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१