close

स्टार्टअप कसरी जोगाउने ?, ‘खर्च घटाउनुहोस्, फन्ड पहिल्याउनुहोस्’

टेकपाना टेकपाना

चैत १७, २०७६ १३:४६

स्टार्टअप कसरी जोगाउने ?, ‘खर्च घटाउनुहोस्, फन्ड पहिल्याउनुहोस्’

दुई महिनाअघि चीनको वुहानमा एकाएक एउटा रहस्यमयी रोगको संक्रमण देखियो । निमोनियाजस्तो देखिने उक्त विमार पछि कोरोनाभाइरस (कोभिड १९) भएको पत्ता लाग्यो । 

वुहानको पशु बजारमा मानिसहरुमा उक्त रोग सर्नु अघि चमेराबाट अन्य जीव प्रजातिमा यो भाइरस सरेको विश्वास गरिन्छ । अहिले यो रोगको संक्रमण ६ लाख नाघेको छ, हजारौंको संख्यामा मृत्यु पनि भइसकेको छ । 

यो महाव्याधीले विश्व अर्थतन्त्रलाई नै प्रभावित तथा धराशायी बनाएको छ । सम्पूर्ण औद्योगिक क्षेत्र अहिले अस्तव्यस्त छ । 

विश्वकै लिडिङ भेन्चर क्यापिटल फर्म तथा उद्योग प्रियोडिक सुथसेयर सिकिओ क्यापिटलले आफ्ना उद्यमीलाई हालै एउटा इमेल पठायो । इमेलमा उक्त भाइरसको कारण वैश्विक अर्थतन्त्रमा मन्दीलाई लम्ब्याउने र यसले व्यावसायिक वातावरणलाई नै परिवर्तन गरिदिने उल्लेख थियो । 

कोरोना भाइरसः द ब्ल्याक स्वान अफ २०२० शिर्षकमा लेखिएको एउटा सम्पादकीयमा कम्पनीले आफ्नो खर्च कटौती गर्नुपर्ने, विक्री पूर्वानुमानलाई पूनरावलोकन गर्नुपर्ने तथा मुद्रा बचत गर्नु पर्ने उल्लेख गरिएको छ । 

कोभिड १९ अनि स्टार्टअप

अहिलेको यो महामारीको स्थितिमा एउटा तितो सत्य भनेको यो प्रकोपले विश्वभरका स्टार्टअपको वित्तिय क्षमताको राम्रो परिक्षण गरिरहेको छ । कोरोना महामारीको अवस्थामा स्टार्टअपको अवस्थालाई सकारात्मक दृष्टिले हेर्ने हो भने यसले गलत सन्देश प्रवाह गर्छ ।

कसैले यसलाई हलुकारुपमा लिएर पूर्वतयारीका कदम उठाउन ढिलाई गर्नसक्छन् । तर यस्तो नहोस् भन्ने हाम्रो चाहना हो । हामीले आजैबाट एक्सन लिन सुरु गर्नुपर्छ ।

स्टार्टअपलाई यो भाइरसले छूट दिने छैन । यो प्रकोपको समयमा पहिले नै लगानी प्राप्त गर्न सफल(फण्ड रेज) गरिसकेका भाग्यमानी स्टार्टअपले चैनको सास फेर्न सकेका छन्  भेन्चर क्यापिटलले स्टार्टअपले फण्ड रेज गर्न संघर्ष गर्नुपर्ने पूर्वानुमान गरेको छ ।

मिडियामा आएको रिपोर्ट अनुसार सिंगापुर बेस भेन्चर क्यापिटल फण्ड भेलोसिटी भेन्चर्सले दक्षिण एसियामा स्टार्टअपलाई दिइने फण्डमा २५ प्रतिशतले कमि आउने पूर्वानुमान छ । कोरोना भाइरसको प्रकोपसँग कतिपय स्टार्टअपले अगाडि नै दुःखको अनुभूति गरिसकेका छन् । 

प्रि सिड तथा सिड स्टेजमा रहेका स्टार्टअपसँग बैंकमा थोरैमात्र नगद छ । यस्तो अवस्थामा विक्री ओरालोे लाग्दा उनीहरुको ‘बर्न रेट’ बढेको छ र यससँगै उनीहरुलाई अन्तरिम राउण्डका फण्ड रेज गर्न असम्भव जस्तै भएको छ ।

कम्पनीलाई अन्य समयमा भन्दा ग्राहक पाउन, सम्भावित ग्राहक फेला पार्न र गति पकड्न एकदमै कठिन हुने देखिन्छ । परिणामस्वरुप स्टार्टअपहरु लागि अर्को समयका लागि फण्ड रेज गर्न एकदमै कठिन हुने देखिन्छ । 

जटिल मोडमा नेपाली स्टार्टअप 

यतिबेला देश लकडाउनको स्थितिमा छ । अर्थात अत्यावश्यक बाहेक सबै सेवा बन्द छ । यसै कारण स्टार्टअप अहिले सेवा बन्द गरेर बसिरहेका छन् ।

कोरोना भाइरसको प्रकोप नेपालमा फैलिने सम्भवना रहेको समयमा विभिन्न अवस्था बन्न सक्ने देखिन्छ । एकातिर कोरोना यहाँ धेरै फैलिसकेको छैन यसले गर्दा हामी राम्रो हुने अपेक्षा गर्न सक्छौं ।

तापनि विश्वको अवस्थालाई ध्यानमा राख्दै अर्थतन्त्रमाथि परेको प्रभावलाई हेर्दा यसले व्यापक असर हामीकहाँ पनि पार्ने देखिन्छ । यसले हामी सबै र हाम्रो सबै कुरालाई प्रत्यक्ष असर पार्ने छ । तर अहिले हामी लकडाउनको स्थितिमा छौं । 

यस्ता आपतकालिन स्थितिलाई धान्न ठूला कम्पनीसँग पर्याप्त संसाधन हुन्छन् तर स्टार्टअप यस्तो प्रकोपको अगाडि एकदमै कमजोर हुन्छन् ।

ठूला कम्पनीसँग ब्याकअप हुन्छ, घाटालाई कभर गर्नसक्ने क्षमता हुन्छ र फेरी उठेर हिड्नसक्ने ताकत हुन्छ तर सर्टाटअपको मामिलामा अवस्था फरक हुन्छ । सबै स्टार्टअपलाई संसाधनको अभाव हुन्छ ।

केही हप्ता र महिनाको ड्राइ सिजनले त स्टार्टअपलाई धराशायी बनाउँछ  । हामीले यस्ता धेरै स्टार्टअप देख्यौं जुन विभिन्न वाचासहित अघि आएका थिए तर २००१ मा देखा परेको इन्टरनेट बबलको अवधि र २००९ को आर्थिक मन्दीमा हराएर गए । 

यसमा सबैभन्दा महत्वपूर्ण याद गर्नु पर्ने कुरा के छ भने नेपालमा स्टार्टअपको इकोसिस्टम अहिले सुरुवाती अवस्थामा छ । हाम्रा उद्यमीसँग यो प्रकोपको अवस्थालाई धानेर अघि बढ्नसक्ने कुनै क्षमता र अनुभव पनि छैन ।

अधिकांश स्टार्टअप आफ्नो क्षमता काम गरिरहेका छन् भने कतिले आफ्नो व्यक्तिगत सम्बन्धको आधारमा फण्ड रेज गरिरहेका छन् । यसले कार्यसञ्चालनमा आवश्यक पर्ने पूँजीको अभाव गराउँछ ।

यसले गर्दा उनीहरु क्यास फ्लोलाई व्यवस्थापन गर्न सहकारीबाट ऋण लिन बाध्य छन् । अहिले सबै जसो स्टार्टअपको व्यवसायको प्रमुख आधार र स्रोत भनेको प्रविधि नै हो । आपतकालिन अवस्थामा फण्ड संकलन गर्न समस्या हुने देखिन्छ । 

स्टार्टअपले सेवा तथा बस्तु तयार गर्दा यहाँको बजार अनुकूल तयार गर्ने गर्छन् तर अहिलेको अवस्थामा उनीहरुको बस्तु तथा सेवा बजारको अवस्थासँग नमिल्ने हुँदा उनीहरुको आईडिया र इन्नोभेसनले असफल भईरहेको छ ।

यस्तो अवस्थामा स्टार्टअपसँग जोडिएका व्यक्ति नैतिकरुपमा पनि तल परेका छन् र वित्तिय अवस्था पनि उनीहरुले सम्हाल्न सकिरहेका छैनन् । यसले गर्दा क्यास क्रन्च भईरहेको छ । लकडाउन अघि मैले नेपालका धेरै स्टार्टअप सम्बद्ध व्यक्तिसँग कुरा गरे ।

सारथी क्याब सेवाका सहसंस्थापक प्रकाश न्यौपानेसँगको कुराकानीमा उनी भन्छन्,‘पहिलेको तुलनामा हिँडडूलमा धेरै कमी हुँदैछ । सारथीसँग जोडिएको कारको संख्या पहिलेको जत्ति नै छ तर चहलपहलमा कमी हुँदा चालकलाई प्यासेन्जरको कमि भएको छ । यो अवस्थालाई समाधान गर्न हामीले चालकलाई स्वस्थ र सफा सेवामा ध्यान दिन स्पष्ट पारेका छौं । यो अवस्थामा डिजिटल पेमेन्ट पनि धेरै घटेको छ । हामी यो समस्याको सामना कहिलेसम्म गर्नुपर्छ थाहा छैन । तर यदि यो अवस्थाको चाँडै  अन्त्य भएन भने नेपालमा धेरै स्टार्टअप बन्द हुने अवस्थामा पुग्छन् ।’

साझा डिलका सहसंस्थापक अनिल बन्जाराले अन्य मुलुकको अवस्था हेर्दा विदेशबाट बस्तु आयात गर्न र स्थानीय भेन्डरबाटै सामान लिन पनि अप्ठ्यारो भईरहेको बताउँछन् । यो अवस्था दिनदिनै खराब हुँदै जाँदैछ ।

खरिदको फ्रिक्वेन्सी पनि न्यून हुँदै जाँदैछ । यसले गर्दा हामी क्यास क्रन्चलाई व्यवस्थापन गर्न नसक्ने देखिन्छ । घरभाडा, तलब तथा अन्य केही खर्चहरु हाम्रो पूर्व निश्चित खर्चहरु छन् ।

यदि हामीले एकदिन काम गर्न सकेनौ भने हाम्रो क्यास फ्लोको पुरै साइकल नै बर्बाद हुन्छ । सरकारले स्टार्टअपसँग लचकताको नीति अपनाउनुपर्छ र यो अवस्थालाई सम्बोधन गर्नसक्नुपर्छ ।

कार्निभल रेस्ट्रो एण्ड मिटिङका सहसंस्थापक विरेन्द्र बिक्रम चन्द भन्छन्, ‘हामी स्वास्थ्यप्रति सजग हुनुपर्छ तर सरकारले लिएको निर्णयले हामीले १५ ओटा बुक गरिसकेका सम्मेलन रद्द गर्नुपर्यो । यसले गर्दा ठूलो घाटा लाग्यो । अन्य दिनको तुलनामा दैनिक सेल्स थोरै मात्र छ ।’ 

अर्को लजिस्टिकको सेवा दिने स्टार्टअप फास्ट मुभर लजिस्टिक पनि यस्तै किसिमको समस्याबाट गुज्रिरहेको बताउँछ । कम्पनीका प्रबन्ध निर्देशक रोक्चा केसीका अनुसार देशबाहिरबाट सामान आयात गर्न सकिएको छैन । यसले गर्दा बस्तुको अभाव हुन थालेको छ । साथै पार्सलहरुको डेलिभरी पनि दैनिक घटिरहेको छ । 

ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकारी मनोज ज्ञवाली यो अवस्थाले सम्पूर्ण नागरिक तथा जुनसुकै आकारका कम्पनीलाई प्रभावित बनाईरहेको बताउँछन् । हाम्रो अर्थतन्त्र रेमिटेन्स र आयातमा निर्भर छ र हामी क्रस बोर्डरकै कारणले बाँचिरहेका छौं ।

हामी हाम्रा धेरै आवश्यकताका सामाग्री तेस्रो मुलुकबाट आयात गर्छौं । यदि अवस्था बिग्रियो भने सम्पूर्ण व्यावसायिक इकोसिस्टम नै प्रभावित हुन्छ । माथि उल्लेखित अवस्था लकडाउन अघिका हुन् । अहिले अवस्था झन् खराब भईसकेको छ । 

यो अवस्थामा स्टार्टअपले के गर्नसक्छन् ? 

नेपालमा कोरोनाको महामारी फैलिएको खण्डमा यसबाट बच्नु नै हाम्रो प्रमुख प्राथमिकता हुनुपर्छ । यो मानसिकताको कुरा हो । कोरोनाको प्रभावले व्यावसायिक विकास र उत्पादकत्वलाई नकारात्मक असर नै पार्छ भन्ने हुँदैन ।

कुनैमा सकरात्मक प्रभाव पनि परेको देखिन्छ । तर अहिले वैश्विक अवस्थालाई हामीले उत्पादकत्व बढाउन वा हात मुख जोड्ने कुरामा भन्दा पनि कसरी बाँच्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

कोभिड १९ जस्तो महाव्याधी हाम्रो पुस्ताले भोगिरहेको नौलो दूर्भाग्य हो । यसको लामो प्रभाव रहने देखिन्छ । यसले अर्थतन्त्रमा मात्र होइन मनोविज्ञानमा पनि असर पार्ने देखिन्छ । संस्थापक, कर्मचारी, लगानीकर्ता र विश्वका सबैका लागि यो समस्या निकै जटिलपूर्ण हुने देखिन्छ ।

झरीका दिनका लागि तपाईको पैसा बचत गर्नुहोस, तपाईलाई यो भनाई याद होला । आफ्नो हातमा कति पैसा छ त्यो हेर्नुहोस् र त्यसलाई कम्तिमा ६ देखि ९ महिनासम्म कसरी चलाएर लानसक्नुहुन्छ त्यो विचार गर्नुहोस् ।

यदि तपाईसँग पर्याप्त पैसा छैन भने खर्चलाई कसरी कटौती गर्न सकिन्छ त्यसमा विचार गर्नुहोस, विक्री बढाएर हुन्छ वा अन्य कुनै उपायबाट ।  सबै स्टार्टअप नेटफ्लिक्स जस्तो भाग्यमानी छैनन् ।

मानिसहरु सबै घरमा बसेर चलचित्र हेररहँदा नेटफ्लिक्स जस्तो स्टार्टअपले अझ बढ्ने फैलिने मौका पाएको छ । सप्लाई चेन ध्वस्त भएका कम्पनी सबैभन्दा नराम्ररी प्रभावित हुने देखिन्छ । 

यो अवस्थामा कडा उपायको खोजी गर्नुहोस् र खर्च कटौती गर्नुहोस् । जहाँ धेरै उत्पादकत्व हुन्छ त्यसैमा खर्च गर्नुहोस् । सबैतिर खर्च काटिदिनुहोस् ।

सम्झनुहोस, तपाईले कुनै व्यवसाय सुरु गर्नुभएको छ र तपाईसँग पैसा छैन, तर तपाई आफ्नो बोलीको जादु, अगौनिक सोसल मिडिया र महत्वपूर्ण नेटवर्क आफ्नो सेवा विक्री गर्न प्रयोग गर्नसक्नुहुन्छ ।

आफ्नो मार्केटिङ खर्चलाई काट्न दिमागको प्रयोग गर्नुहोस् । धेरै खर्च नहुने मार्केटिङ उपायको बारेमा सोच्नुहोस् ।

यस्तो संकटको समयमा नेतृत्व एकदमै महत्वपूर्ण कुरा हुन्छ । नेतृत्व लचक हुदैँ गर्दा एकदमै यथार्थपरक मानसिकता बोक्नुपर्छ । कुनै पनि आकस्मिक योजना बनाएर पछि फस्ने काम गर्नु हुँदैन ।

आफूलाई मूर्ख बनाउनु हुँदैन र आफ्नो आशाजनक परियोजनामाथि विश्वास गर्नुपर्छ । एकदमै यथार्थपरक हुनुहोस् यस्तो अवस्थामा । हाम्रो उद्देश्य भनेको लुक्ने वा बच्ने होइन तर आफ्नो प्रोडक्टलाई कसरी धेरै बेच्न सकिन्छ भनेर दिमाग खियाउने समय हो ।

यो नयाँ बजार, ग्राहकमा जाने वा साझेदारीलाई लेभरेज गर्ने आईडिया पनि हुनसक्छ । यदि तपाई पूर्ण स्तरमा सेवा सञ्चालन गर्नसक्नु हुँदैन भने कस्ता कोर फक्सनलाई तपाई सञ्चालन गर्नसक्नुहुन्छ र आयलाई निरन्तरता दिनसक्नुहुन्छ ताकी तपाई सञ्चालन खर्च र तलबलाई समेट्न सक्नुहुन्छ ।

तपाईको स्रोतलाई विविधिकरण गर्ने कुनै अर्को उपाय छ कि हेर्नुहोस् । आफ्नो विक्री पूर्वानुमानको समिक्षा गर्नुहोस् । यस्तो अवस्थामा तपाई अहिले नै विक्री पूर्वानुमान गर्न नसक्नुहोला । तर तपाईले प्रयास गर्न एकदमै आवश्यक छ । 

तपाईले पूँजीगत खर्च, कच्चा पदार्थ, अन्वेषणका लागि केही कोष राख्नु भएको होला । अहिले तपाईसँग पर्याप्त कोष छ तर अब आगामी दिनमा फण्ड र लगानीको अभाव हुनसक्नेछ ।

त्यसैले अहिले नै सोच्नुहोस् तपाईको लागि कुन महत्वपूर्ण छ । साइज कम गर्ने, पुनसंरचना गर्ने जे नाम दिए पनि स्टार्टअपले यो समय कर्मचारीलाई र्‍याङ्किङ गर्ने यो उपयुक्त समय हो । अनावश्यक कर्मचारीलाई हटाउन सक्छन् ।

अफ सिजन अघिदखि नै उच्च तहमा पुगेको छ र यहीं समय हो स्टार्टअपका लागि कर्मचारी कटौती गर्ने र पुनरावलोकन गर्ने । धेरै कर्मचारी हुनु र कम उत्पादकत्व हुनु समस्या बाहेक अरु केही पनि होइन । 

कोरोनाको भाइरल प्रकृतिको कारण तपाईले घरबाट काम गर्नुपर्ने हुन्छ । यसकारण तपाईले भर्चुअल वर्कप्लेसको प्रोटोकल बनाउनुपर्छ । भर्चुअल वर्कप्लेस प्रोटोकल तयार भईसकेपछि तपाईको टोलिसँग सञ्चार गर्न तयार हुनुहोस् ।

उक्त प्रोटोकललाई पनि एक्टिभेट गर्नुहोस् । तपाईसँग विभिन्न अवस्थाका लागि प्रोटोकलका विभिन्न चरणहरु हुन सक्छन् । सबै कर्मचारीलाई निश्चित दिनमा घरबाट अफिसको काम गर्न आग्रह गर्नुहोस् ।

कोरोना भाइरसले तपाईको व्यवसायमा असर पुर्याउने विभिन्न तरिकाको पहिचान गर्नुहोस् । त्यसपछि कसरी ती जोखिम घटाउन सकिन्छ त्यो बारे सोच्नुहोस् । त्यसपछि आफ्नो टोलीको पनि दिमाग खियाएर उपयोग गर्न सकिने सम्भावित उपायको बारेमा सोच्नुहोस् ।

जोखिमलाई कसरी प्रतिक्रिया दिन सकिन्छ, नविन रणनीतिबारे सोच्नुहोस् । यो कठिन अवस्थाक बाँच्न भित्री काममा केन्द्रित हुन सजिलो छ तर तपाई हराएर जानु हुँदैन भन्ने सधै ध्यान राख्नुहोस् । आफ्नो ब्राण्ड अवेयरनेसलाई जिवित राख्नुहोस् ।

ग्राहक, लगानीकर्ता र बजारसँग निरन्तर सम्पर्कमा रहनुहोस् । उनीहरुसँग आबद्ध हुनुहोस् । सामाजिक सञ्जालमा पोस्ट गरिरहनुहोस् र सिर्जनात्मक पीआर निःशूल्क बनाउन प्रयासरत रहनुहोस् ।

पाई समाचारमा छाईरहनुहोस् ताकी तपाईका ग्राहकले तपाई अझै बजारमै रहेको कुरा थाहा पाउन् । जब कठिन समय सकिन्छ तब पछि बजार र ग्राहक पनि तपाईप्रति प्रतिक्रियाशिल रहन्छ ।

अहिले एउटा भनाई सतहमा छ कि कोरोना भाइरसले मान्छेलाई मार्नुभन्दा धेरैलाई जोगी बनाईदिन्छ । मैले माथि भने जस्तै स्टार्टअपको सिमित संसाधनको प्रकृतिका कारण व्यवसायमाथिको वित्तिय प्रभाव व्यापक हुनसक्छ ।

कोभिड १९का लािग एलिस मिलरले बनाएको आपतकालिन योजना अनुसार । वित्तिय आपतकालिन योजनामा कम्पनीको स्थायित्वलाई नै धराशायी बनाउने संकटमा कस्तो काम गर्ने भन्ने कुरा राम्ररी डकुमेन्टेड गरेको हुनुपर्छ ।

सानो लगानीमा स्थापना भएका धेरै नेपाली स्टार्टअप सहकारीबाट ऋण लिन बाध्य छन् । मासिक ब्याज र किस्तासँग लड्ने यो उपयुक्त अवस्था हो । केही बैंकका ऋणबाट सञ्चालन भईरहेका स्टार्टअप पनि फाइनेन्सियल क्रन्चको अवस्थामा पुगेका छन् । 

अझ हाम्रो समाजमा देखिएको एउटा नाटकीय अवस्था के छ भने कतिपाय स्टार्टअपले सरकारबाट वित्तिय सहायता र ऋण नपाउँदा आफन्त साथीबाट उच्च दरको ऋण लिन बाध्य छन् । यसले अवस्थालाई थप जर्जर बनाएको छ । 

यदि तपाई एन्जल र भेन्चर क्यापिटलबाट लगानी जुटाउने चरणमा हुनुहुन्छ भने केही महिना पछि सम्मका लागि सोच्नुहोस् । वैश्विक अर्थतन्त्र डुब्ने अवस्थामा रहेको बेला अर्को राउण्डको लगानी उठाउन असम्भव जस्तै हुनेछ ।

ब्ल्याक स्वान सम्पादकीयले यसबारे हामीलाई यसअघि नै स्पष्ट संकेत दिईसकेको छ । अझै कसरी अघि बढ्न सकिन्छ त्यो विषयमा सोच्नुहोस् । अहिले केही अतिरिक्त पैसा बचाउन सकिन्छ त्यो बारेमा सोच्नुहोस् ।

अन्य वैकल्पिक फण्डिङ अवसर पहिचान गर्नुहोस् । यो दौडमा पछाडी नपर्नुहोस, भोलीको दिनमा आफूलाई वित्तिय सहयोग गर्नसक्ने मानिसका माझ पुग्नुहोस् । सक्ने जति सबै काम गर्नुहोस, तपाईको कम्पनीको उत्साहलाई कायम राख्नुहोस् । 

पारदर्शी हुनुहोस् , विमारी बढेसँगै थप विदाको व्यवस्था गर्नुहोस् तर सबैसँग सम्पर्कमा रहनुहोस् । समस्या साझा गरेर त्यसलाई घटाई तनाव व्यवस्थापन गर्नुहोस् । 

कोरोना भाइरसको सामना गरेर माथि उठ्न सकेको खण्डमा यसले हाम्रो स्टार्टअपको प्रतिरक्षा प्रणालीलाई मजबूत बनाउने छ । यो नयाँ युगको सुरुवात बन्न सक्छ ।

यो अप्ठ्यारो अवस्थालाई जितेर अगाडी बढ्न सकेको स्टार्टअप पक्कै पनि कालान्तरमा विजयी बन्ने छन् । एसओएसभीका जनरल पार्टनर विलियम बाओ बिन भन्छन्न्,‘अप्ठ्यारो वातावरणमा बाच्नसक्ने अर्को पुस्ताको नेता जन्माउँछ ।’ 

अहिले परिवार र आफन्तको ध्यान राख्नुहोस् र स्वस्थ रहनुहोस् । यो संकटको क्षणमा दरिलो बनौं । एकअर्कालाई सहयोग गरौं ।

लेखक किताब यात्राका संस्थापक हुन् । यो लेख द स्टार्टअप नेपालको वेबसाइटमा अंग्रेजी भर्सनमा समेत उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१