close

अब भाइबरमै टेकपानाको अपडेट

टेकपाना टेकपाना

चैत १८, २०७६ ११:५१

अब भाइबरमै टेकपानाको अपडेट

काठमाडौं । नेपाली सूचना तथा सञ्चार प्रविधि क्षेत्रको मुलधारको अनलाइन न्युज पोर्टल टेकपाना डटकमले आफ्ना पाठकलाई भाइबारबाट समेत समाचार तथा अपडेट दिने भएको छ । सूचना प्रविधिका अपडेटमा पाठकहरुको सहज पहुँच कायम गर्न टेकपानाले आजदेखि भाइबर कम्युनिटी सुरु गरेको हो ।

कम्युनिटी बनेसँगै भाइबर प्रयोगकर्ताले अब सहजै आफ्नो मोबाइलमा टेकपानाका अपडेट पढ्न सक्नुहुनेछ । भाइबर प्रयोगकर्ताहरु आफ्नो भाइबर एपको सर्च बारमा टेकपाना टाइप गरेर टेकपाना कम्युनिटीमा जोडिन सक्नेछन् ।

यसका साथै कम्युनिटीमा जोडिएका प्रयोगकर्ताले पनि आफ्ना साथीहरुलाई यसमा जोड्न मिल्छ । टेकपानाको भाइबर कम्युनिटीमा जोडिन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१