close

यात्रा प्रतिबन्ध हुँदा टेलिकमको रोमिङ सेवाबाट हुने आयमा ३० खर्ब बढीको घाटा

टेकपाना टेकपाना

चैत १८, २०७६ १३:१४

यात्रा प्रतिबन्ध हुँदा टेलिकमको रोमिङ सेवाबाट हुने आयमा ३० खर्ब बढीको घाटा

काठमाडौं । कोभिड-१९ अर्थात कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लागेको छ । जसका कारण दूरसञ्चार क्षेत्रको रोमिङ सेवाबाट प्राप्त हुने आयमा ठूलो असर पारेको छ । 

जुनिपर रिसर्चको हालैको नयाँ शोधले अन्तराष्ट्रिय यात्रामाथि प्रतिबन्ध लागु हुँदा दूरसञ्चार कम्पनीहरुलाई २५ अर्बको घाटा लाग्ने देखाएको छ । यस अलावा अहिले घरबाट काम भइरहेका देशहरुका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुले नेटवर्क स्ट्रेनको समस्या पनि भोगिरहेका छन् ।

उक्त अध्ययनले हालको कोभिड-१९ को संकटबाट अन्तर्राष्ट्रिय यात्राको क्षेत्रमा दुई सम्भावित परिणाम ल्याउने देखाएको छ । एउटा मध्यम र अर्को उच्च प्रभाव । 

उच्च प्रभावको परिणाम अन्तर्गत अन्तर्राष्ट्रिय यात्रामा भएको यो अवरोध आगामी ९ महिनासम्म निरन्तर रहने छ । विशेषगरी क्षेत्रीय यात्रामा यो देखा पर्नेछ । उक्त शोधले ६५ करोड यात्राहरु रद्द भएको आंकलन गरेको छ । 

अन्तर्राष्ट्रिय यात्रामा भइरहेको यो व्यापक कटौतीले दूरसञ्चार सेवाप्रदायकहरुको रोमिङ तर्फको आयमा ठूलो नोक्सानी गराएको छ । यस्तो नोक्सानी कूल २५ अर्ब डलर (३० खर्ब रुपैयाँभन्दा बढी) हुने अनुमान गरिएको छ । 

गर्मीको समयमा धेरैजसो मानिसहरु समुद्री क्षेत्रको यात्रामा निस्कने हुँदा अधिकांश घाटा यही समयमा हुने बताइएको छ । जुन र अगस्ट महिनामा मात्र करिब १२ अर्ब डलरको घाटा हुने अनुमान छ । 

दूरर्भाग्य नै भन्नुपर्छ, अन्य डिजिटल ट्राभलका विकल्पहरुले कम्पनीहरुको यो घाटालाई भरण गर्न सक्नेछैन । 

अन्तर्राष्ट्रिय यात्राको प्रकृतिलाई हेर्दा यसबाट हुने घाटालाई कम गर्न टेलिकम कम्पनीहरुसँग अन्य कुनै रणनीति नै नरहेको अनुसन्धानमा उल्लेख छ । 

यसको विकल्पमा भिडियो कन्फ्रेन्सिङ जस्ता सेवाहरुमा वृद्धि हुनेछ । जुन अन्तर्राष्ट्रिय यात्राबाट हुने आयको विकल्प बन्न त सक्छ, तर सेवाप्रदायकलाई रोमिङ सेवाको जस्तो फाइदा भने दिनेछैन । 

दूरसञ्चार सेवाप्रदायकहरुको वार्षिक आयमा रोमिङको मात्रै ६ प्रतिशत योगदान रहने गरेको छ । नेपालका टेलिकम कम्पनी एनसेल र नेपाल टेलिकमको रोमिङ तर्फको आयमा करोडौं रुपैयाँको गिरावट देखिन थालेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१