close

यस्तो छ, अप्रिलमा आउने सामसङ ग्यालेक्सी क्रोमबुक

टेकपाना टेकपाना

चैत १८, २०७६ १९:५७

यस्तो छ, अप्रिलमा आउने सामसङ ग्यालेक्सी क्रोमबुक

काठमाडौं । सामसङको ग्यालेक्सी क्रोमबुक अप्रिल ६ मा सार्वजनिक हुँदैछ । यसको मूल्य ९९९ डलर रहेको छ । 

अल्ट्रा पोर्टेबल यो ल्यापटपमा एप्पलको नयाँ म्याकबुक एयरसँग प्रतिस्पर्धा गर्ने क्षमता छ । एप्पलको म्याकबुक प्रोमा झैं सामसङ ग्यालेक्सी क्रोमबुकमा १३.३ इन्चको डिस्प्ले रहेको छ ।

यो स्लिक डिजाइनमा आउँदै छ । यो क्रोमबुकको स्क्रिन एकदमै राम्रो छ । यसमा ३६० डिग्रीको हिङ छ, जसले गर्दा यो ल्यापटप क्लासिक ल्यापटप र ट्याब्लेट मोडमा कन्भर्ट हुनसक्छ । 

यसमा तपाईंले फोरके यूएचडी एमोलेड डिस्प्ले पाउन सक्नुहुन्छ । यो ग्यालेक्सी क्रोम डिभाइस पहिलो क्रोम ओएस डिभाइस हुनेछ, जसले एम्बिक्युन्ट इक्युलाई सपोर्ट गर्नेछ ।

एम्बिक्युन्ट इक्यु सफ्टवेयरले डिस्प्लेमा ह्वाइट ब्यालेन्स र कलर टेम्प्रेचरलाई मिलाएर अधिकतम भ्युको आनन्द दिन्छ । ग्यालेक्सी क्रोमबुकमा त्यस्ता धेरै फिचरहरु छन्, जुन म्याकबुक एयरमा छैनन् ।

यसमा भएको फोरके डिस्प्लेमा टचस्क्रिन राखिएको छ । यसको टचस्क्रिनले सामसङको एस पेनलाई पनि सपोर्ट गर्छ । 

यसमा इन्टेलको टेन्थ जेनेरेसन क्वाड कोर आईफाइभ १०२१० यू प्रोसेसर छ । एप्पलले प्रयोग गरेको इनर्जी इफिसेन्ट वाई सिरिज चिपको तुलनामा यसमा बलियो सीपीयू छ ।

यसमा तपाईंले इन्टेलको इन्टिग्रेटेड यूएचडी ग्राफिक्स सहित टेन्थ जेनेरेसन प्रोसेसर पाउनु हुनेछ । 

ग्यालेक्सी क्रोमबुकमा ८ जीबीको मेमोरी र २५६ जीबीको सोलिड स्टेट ड्राइभ छ । म्याकबुक एयरमा दुईओटा यूएसबी टाइप सी पोर्ट छ ।

तर त्योभन्दा एक कदम अगाडि रहेको क्रोमबुकमा फास्टर थण्डरबोल्ट थ्री पोर्ट रहेको छ । यसमा ब्युल्ट ईन फिंगरप्रिन्ट स्क्यानर, माइक्रोएसडी कार्ड स्लट, एउटा माइक्रोफोन ज्याक र ०.४ इन्चको मोटो बडी छ ।

यसको तौल २.२९ पाउण्ड अर्थात १ केजीभन्दा थोरै बढी छ । जुन २.७५ पाउण्डका म्याकबुक एयरभन्दा हलुंगो छ ।

यसमा एक मेगापिक्सल्सको वेबक्यामेरा छ । यस्तै ग्यालेक्सी क्रोमबुकलाई ल्यापटपको रुपमा प्रयोग गर्दा फोटो खिच्नलाई यसको किबोर्ड डेकमा आठ मेगापिक्सेलको क्यामेरा राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१