close

सार्वजनिक हुँदै वानप्लस एट

टेकपाना टेकपाना

चैत १९, २०७६ ११:४१

सार्वजनिक हुँदै वानप्लस एट

काठमाडौं । वानप्लसले आफ्नो बुहप्रतिक्षित स्मार्टफोन वानप्लस एट सिरिजका स्मार्टफोन सार्वजनिक हुने मिति घोषणा गरेको छ । अप्रील १४ अर्थात वैशाख २ गते विश्व बजारमा उक्त फोन सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेटे लाउले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । कोरोनाभाइरसका कारण मिति सर्दै आएको अवस्थामा अब भने वैशाख दुई गते सार्वजनिक हुने भन्दै उनले भिडियो पोष्ट गरेको छन् ।

एट सिरिजमा वानप्लस एट र वानप्लस एट प्रो सार्वजनिक हुनेछ । साथै वानप्लस एट लाइट र वान प्लस एट जेड पनि सार्वजनिक हुने चर्चा चलिरहेको छ ।

चर्चामा आएअनुसार वानप्लस एट प्रोमा ६.७७ इन्चको स्क्रिन रहेको छ । ४८ मेगापिक्सेलको दुई सेन्सर सहित तीन वटा क्यामरा रहने फोन १ पी ६८ वाटर रेसिस्टेन्स युक्त हुनेछ । वायरलेस चार्जिङका साथ आउने फोनले फाइभजी सोपोर्ट गर्ने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१