close

कोभिड–१९ परीक्षण ल्याब सञ्चालनमा ल्याउँदै कलर, डिजाइन ओपन सोर्समा

टेकपाना टेकपाना

चैत १९, २०७६ १५:१७

कोभिड–१९ परीक्षण ल्याब सञ्चालनमा ल्याउँदै कलर, डिजाइन ओपन सोर्समा

काठमाडौं । स्वास्थ्य क्षेत्रको स्टार्टअप कम्पनी कलरले कोरोना भाइरस अर्थात कोभिड–१९ लाई लक्षित गर्दै एउटा महत्वपुर्ण कदम चालेको छ । कम्पनीले अबको केही दिनमै कोभिड–१९ को परीक्षणका लागि आवश्यक उच्चस्तरीय ल्याब सञ्चालनमा ल्याउँदै छ ।

कम्पनीका अनुसार ल्याबबाट एकदिनमा १० हजार परीक्षण सम्भव हुने उल्लेख गरिएको छ । यससँगै कम्पनीले उक्त ल्याबको डिजाइन, प्रोटोकल र यसको जानकारी ओपन–सोर्समा उपलब्ध गराउने छ ।

जसको प्रयोग उच्च क्षमताको ल्याब बनाउन चाहने जोसुकैले प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ ।हाल उक्त ल्याबको काम अन्तिम चरणमा पुगेको छ ।

कम्पनीका अनुसार यो ल्याबका लागि आवश्यक पर्ने प्रोसेस र टेस्टिङ उपकरण निर्माणका लागि एमआईटी बोर्ड इन्स्टिच्युट, हार्बड एण्ड वेल कर्नर मेडिसिन जस्ता संस्थासँग सहकार्य गरिको छ ।

कम्पनीले सोझो सम्पर्क विस्तारका लागि लागि ईमेल सार्वजनिक गरेको छ । उसले योगदान गर्न चाहने तथा परियोजनाबाट फाइदा लिन चाहनेहरुलाई आवश्यक श्रोत समेत उपलब्ध गराउने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१