close

उपभोक्ताको रुपमा तपाईंका कुनै गुनासा छन् ? अनलाइनबाटै यसरी टिपाउनुहोस्

टेकपाना टेकपाना

चैत १९, २०७६ १८:३२

उपभोक्ताको रुपमा तपाईंका कुनै गुनासा छन् ? अनलाइनबाटै यसरी टिपाउनुहोस्

काठमाडौं । सरकारले कोरोनाभाइरसका कारण देशभर लकडाउन लागु भएको अवस्थामा कालोबजारी नियन्त्रण गर्न र अत्यावश्यक सेवाको अभाव हुन नदिन अनलाइनबाटै गुनासो तथा उजुरी लिने व्यवस्था मिलाएको छ । सरकारले सहजै गुनासो तथा उजुरी लिएर कारबाही अगाडि बढाउन वाणीज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागअन्तर्गत उपभोक्ता अधिकार व्यवस्थापन सूचना प्रणाली (सीआरएमआईएस) सञ्चालनमा ल्याएको हो ।

उक्त अनलाइन प्रणालीमा उपभोक्ताले सोझै तथा फेसबुक, ट्वीटर, फोन, भाइबर, इमाे लगायतका माध्यमबाट आफ्ना गुनासो तथा उजुरी टिपाउन सक्छन् । आएका गुनासो तथा उजुरीको अवस्थाको विषयमा समेत विस्तृत रुपमा हेर्न मिल्ने गरी सिस्टम विकास गरिएको छ ।

भर्खरै सार्वजनिक भएको उक्त प्रणालीमा यो समाचार तयार पार्दासम्म करीब ६ सय गुनासो तथा उजुरी दर्ता भइसकेका छन् । जसमा धेरैजसो ग्याँस अभाव, खाद्य सामग्रीको अभाव, सरसामानको अभाव, बढी मूल्यमा सामान बिक्री, ग्याँस कालोबजारी, मास्क कालोबजारी लगायतका विषयका गुनासो छन् ।

विभागले हालसम्म प्राप्त भएका गुनासो तथा उजुरी मध्ये करीब ७५ प्रतिशत फर्छ्यौट भइसकेको उल्लेख गरेको छ । धेरै विकल्प खुला गरिएको भए पनि अधिकांशले भने फोन गरेरै गुनासो टिपाउने गरेका छन् ।

यसरी टिपाउनुहोस् आफ्नो उजुरी तथा गुनासो

  • अनलाइनबाट गुनासो टिपाउन यहाँ क्लिक गर्नुहोस् ।
  • फेसबुकबाट गुनासो टिपाउन यहाँ क्लिक गर्नुहोस् ।
  • ट्वीटरबाट गुनासो टिपाउन यहाँ क्लिक गर्नुहोस् ।
  • ईमेल मार्फत गुनासो टिपाउन [email protected] ठेगाना प्रयोग गर्नुहोस् ।
  • भाइबर तथा इमोबाट गुनासो गर्न 9851180959 नम्बरमा सम्पर्क गर्नुहोस् ।
  • फोनमार्फत गुनासो टिपाउन +977-1-4243939, 4247912, 4239123 मा कल गर्नुहोस्

कुनै पनि माध्यमबाट गुनासो तथा उजुरी टिपाइसकेपछि तपाईंले एउटा टिकट नम्बर प्राप्त गर्न सक्नुहुनेछ । जसमार्फत आफूले टिपाएको गुनासोको स्थिती समेत ट्रेस गर्न अर्थात थाहा पाउन सकिनेछ ।

आ‍फ्नो उजुरी तथा गुनासोको अवस्था थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१