close

ईसेवाको नयाँ अफर, एकजनालाई रिफर गर्दा ८० रुपैँया बोनस

टेकपाना टेकपाना

चैत १९, २०७६ १७:१३

ईसेवाको नयाँ अफर, एकजनालाई रिफर गर्दा ८० रुपैँया बोनस

काठमाडौं । भुक्तानी सेवाप्रदायक ई–सेवाले ‘रिफर एण्ड अर्न’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । कोरोनाभाइरसको प्रकोपका कारण सबैजना घरमा बसिरहेको अवस्थामा कम्पनीले ई–सेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिने गरी यो अफर ल्याएको हो ।

‘नगदरहित समाज निर्माणको लागि आफू पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ’ भन्ने अभियानअन्तर्गत ई–सेवाले हरेक व्यक्तिलाई डिजिटल अभियन्ता बनाउन यो अफर सार्बजनिक गरिएको जनाएको छ ।

अफर अन्तर्गत ई–सेवा चलाउन सिकाए बापत प्रतिग्राहक ८० रुपैयाँसम्म प्राप्त गर्न सकिने बताइएको छ । आफ्ना परिवार, साथीभाइ तथा सम्पर्कमा रहेका व्यक्तिलाई ईसेवा चलाउन सिकाउन सकिनेछ ।

हरेक नेपालीलाई डिजिटल कारोबारमा जोड्ने उद्देश्यका साथ यो योजना सुरु गरिएको ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।

ई-–सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुलभुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेज लगायतको शुल्कभुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई–सेवा खातामा सहजै रकमजम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१