close

लकडाउनको निगरानी गर्न ड्रोन उडाउँदै नेपाल प्रहरी

टेकपाना टेकपाना

चैत १९, २०७६ १९:२

लकडाउनको निगरानी गर्न ड्रोन उडाउँदै नेपाल प्रहरी

काठमाडौं । कोभिड-१९ अर्थात कोरोना भाइरस संक्रमण फैलिन नदिन नेपाल सरकारले देशव्यापी लकडाउन लागु गरेको छ । लक डाउनको अनुगमन गर्न नेपाल प्रहरीले ड्रोनको समेत प्रयोग थालेको छ ।

विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोनाभाइरसका कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको लकडाउनमा आवतजावत एवम् यातायात संचालनमा रोक लगाइएको छ । त्यसको अनुगमनका लागि काठमाडौं उपत्यकामा २ वटा ड्रोन प्रयोगमा ल्याइएको हो ।

ड्रोनबाट अनुगमन गर्दा लकडाउनको उलंघन गरिएको पाइए कानून अनुसार कारबाही गरिने प्रहीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१