२०७९, २७ श्रावण शुक्रबार   |  
Friday 12th August 2022

लकडाउनको समयमा टेलिकमका सेवामा छूटैछूट, साथमा आकर्षक बोनस

काठमाडौं । दूरसञ्चार सेवामा २५ प्रतिशत छूट दिने सरकारको निर्णयअनुसार नेपाल टेलिकमले डेटा तथा इन्टरनेट सेवामा छूट दिने भएको छ । कम्पनीले चैत २० देखि २६ गतेसम्म लागू हुने गरी विभिन्न छूट तथा बोनस योजना सार्वजनिक गरेको हो ।

जसअनुसार टेलिकमले जीएसएम मोबाइल डेटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छूट दिने छ । जीएसएम मोबाइल डेटा र सीडीएमए मोबाइल डेटामा प्रतिएमबी कर सहित क्रमशः ९० पैसा र ५१ पैसा मात्रै लाग्नेछ ।

आफ्ना सेवाहरू सुपथ मूल्यमा उपलब्घ गराउने क्रममा टेलिकमले जीएसएम सेवामा डाटा प्याक उपलब्ध गराउने छ । जसअनुसार पहिलो प्याकेजमा १०० रुपैयाँ एक जीबी डाटा खरिद गर्दा तीन जीबी बोनस स्वरुप प्राप्त हुनेछ ।

यसरी प्राप्त बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनसम्म खपत गर्न सकिनेछ । यसैगरी दोस्रो प्याकेजमा २०० रुपैयामा दुई जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ । यो बोनस डाटा कम्पनीको फोरजी नेटवर्कमा ७ दिनसम्म खपत गर्न सकिनेछ ।

यसैगरी १०० रुपैयाँमा बोनस सहित कुल ४ जीबी र २ सय रुपैयाँमा बोनस सहित कुल १० जीबी डाटा प्राप्त गर्न सकिनेछ । कम्पनीकै नेटवर्कभित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छूट उपलब्ध गराउने निर्णय समेत टेलिकमले गरेको छ ।

त्यसअन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ रुपैयाँमा खरिद गर्दा बोनसको रुपमा २० मिनेट प्राप्त गर्न सकिनेछ । यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि १०० रुपैयाँमा खरिद गर्दा ९५ मिनेट बोनसको रुपमा उपलब्ध हुनेछ ।

त्यस्तै २५ रुपैयाँमा एक दिनका लागि बोनस सहित ६० मिनेट र १०० रुपैयाँमा ७ दिनका लागि बोनस सहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त गर्न सकिनेछ । यूएसएसडी र नेपाल टेलिकमको एपबाट खरिद गर्न सकिने डाटा तथा भ्वाइस प्याकहरु स्टे कनेक्टेड अफरको रुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यूएसएसडीबाट प्याकेज खरीद गर्न *1415*10# डायल गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त कम्पनीले आफ्नो ल्यान्डलाइन सेवाको फागुन र चैत्र महिनामा लाग्ने जरिवाना वैैशाख मसान्तसम्मका लागि मिनाहा गर्ने निर्णय पनि गरेको छ ।

साथै, पूर्ण लकडाउनको अवधिमा कम्पनीका एडीएसएल र एफटीटीएच लगायत वाइम्याक्स सेवाका ग्राहकलाई सेवा निरन्तर रुपमा पलब्ध हुने गरी यस अवधिमा समयावधि सकिएका लाइनहरुको म्याद लकडाउन अवधिभरका लागि थप गर्ने निर्णय टेलिकमले गरेको छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team