close

ह्वाट्सएपमा कसैलाई ब्लक गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत २०, २०७६ १५:५९

ह्वाट्सएपमा कसैलाई ब्लक गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । ह्वाट्सएप विश्वमै चर्चित म्यासेजिङ एप हो । जसका प्रयोगकर्ता दुई अर्बभन्दा बढी रहेका छन् । फलस्वरुप यसैलाई कतिपयले स्क्यामको माध्यम बनाइरहेका हुन्छन् ।

त्यसैले कतिपय अवस्थामा कसैलाई ब्लक गर्नुपर्ने पनि हुन सक्छ । त्यसैले यहाँ हामी तपाईंलाई ह्वाट्एपमा कसरी ब्लक गर्ने र ब्लक गरिएको व्यक्तिलाई कसरी अनब्लक गर्ने भन्ने बारेमा जनकारी दिँदै छौँ ।

ह्वाट्एपमा तपाईंको कन्ट्याक्ट लिस्टमा नभएकाले पनि तपाईंलाई म्यासेज गर्न सक्छन् । यदि तपाईंले नयाँ नम्बरबाट कसैको म्यासेज आएको खण्डमा, त्यो नम्बर चिनेको हो वा होइन भनेर पत्ता लगाएर एसेप्ट गर्ने कि नगर्ने भन्ने निर्णय लिँदा राम्रो हुनेछ ।

तर, कतिपय अवस्थामा भने ब्लक नै गर्नुपर्ने पनि हुनसक्छ । जसका कारण उनीहरुले थप म्यासेज पठाउन सक्ने छैनन् ।

जब तपाईंले कुनै नयाँ नम्बरबाट म्यासेज प्राप्त गर्नुहुन्छ, सोही समयमा ह्वाट्सएपले पप–अप म्यासेजमार्फत तपाईंलाई आफ्नो कन्ट्याक्टमा एड गर्न चाहानुहुन्छ ?, भनेर सोध्छ । त्यही समयमा उक्त व्यक्तिलाई तपाईंले ब्लक गर्न सक्नुहुन्छ ।

यदि ह्वाट्सएपले त्यसरी नसोधेको खण्डमा सुरुमा ह्वाट्सएप खोल्नुहोस् र जसलाई ब्लक गर्न लाग्नु भएको हो, उक्त व्यक्तिको च्याटबक्स खोल्नुहोस् । त्यसपछि तपाईंले दायाँ तर्फ माथि तीन वटा थोप्लो देख्नुहुनेछ ।

त्यसमा क्लिक गर्नुहोस् । त्यहाँ क्लिक गर्दा भित्र ‘मोर’ अप्सन देख्न सक्नुहुन्छ । त्यसमा क्लिक गर्नुहोस् । त्यहाँ ब्लक भन्ने अप्सन छ ।

त्यहाँबाट तपाईंले उक्त नम्बर ब्लक गर्नुका साथै स्क्यामर हो भने ‘रिपोर्ट टु ब्लक’ गर्न सक्नुहुनेछ ।यसरी ब्लक गरेको कन्ट्याक्टबाट म्यासेज आए पनि तपाईंले प्राप्त गर्नुहुने छैन ।

उक्त नम्बरबाट कल समेत आउने छैन । यसरी तपाईंले ब्लक त गर्नुभयो । तर, अब तपाईंले त्यसरी ब्लक गरेको नम्बरलाई पुनः अनब्लक गर्नु परेको खण्डमा के गर्ने ?

त्यसको उपाय पनि छ । त्यसका लागि सुरुमा अघि जस्तै ह्वाट्सएप खोल्नुहोस् । ह्वाट्एप खोल्ने बितिक्कै तपाईंले दायाँतर्फको माथि तीन वटा थोप्ला देख्नुहनेछ ।

त्यसमा क्लिक गर्नुहोस् । त्यहाँ ‘सेटिङ’ अप्सन रहेको छ । सेटिङमा क्लिक गर्दा त्यहाँ ‘अकाउण्ट’ अप्सन देखाउने छ । त्यसमा क्लिक गरि ’प्राइभेसी’ भित्र ‘ब्लक कन्ट्याक्ट’ मा क्लिक गर्नुपर्ने हुन्छ ।

जब तपाईंले ब्लब कन्ट्याक्टमा क्लिक गर्नुहुन्छ, त्यहाँ तपाईंले ब्लक गर्नु भएको नम्बरहरु देख्नुहुनेछ । त्यहाँ रहेका मध्ये कुन नम्बर अनब्लक गर्न चाहनुभएको हो, त्यसमा क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१