close

कोरोनाको महामारीमा उपयोगी नेपाल प्रहरीको एप, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

चैत २०, २०७६ १२:३९

कोरोनाको महामारीमा उपयोगी नेपाल प्रहरीको एप, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । नेपाल प्रहरीले कोभिड-१९ अर्थात कोरोनाभाइरसको विषयमा जानकारी संकलनका लागि मोबाइल एप प्रयोगमा ल्याएको । प्रहरीले आफ्नै विद्यमान एप ‘नेपाल पुलिस’ लाई अपडेट गर्दै कोरोनाको विषयमा रिपोर्ट दर्ता गर्न गर्न सकिने बनाएको हो ।

एपमार्फत प्रहरीले सर्वसाधारणबाट सूचना, जानकारी तथा गुनासो संकलन गर्नेछ । यदि तपाईंसँग कोभिड–१९ सँग सम्बन्धित केही जानकारी अथवा गुनासो छ भने एप डाउनलोड गरी रिपोर्ट गर्न सक्नुहुनेछ । यो मोबाइल एप गूगल प्ले स्टोर र एप्पलको एप स्टोर दुवैमा उपलब्ध छ ।

तपाईंले एपमार्फत लकडाउन उलंघन भएको, लकडाउनको अवस्थामा कालोबजारी भएमा, आफू वा छरछिमेकमा कसैलाई कोभिड-१९ को लक्षण देखिएमा अथावा सेल्फ क्वारेनटाइनमा रहेको, लकडाउनले आफू कुनै ठाउँमा समस्यामा परेको लगायतको रिपोर्ट गर्न सक्नुहुनेछ ।

एप खोलेसँगै त्यहाँ तपाईंले आफ्नो विवरण भरेर दर्ता गर्नुपर्ने हुन्छ । दर्ताभएसँगै एप खुल्नेछ । त्यहाँ तपाईंले ‘रिपोर्ट इन्सिडेन्ट’ अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गर्दा ‘कोरोना सम्बन्धी’ विकल्प दिइएको छ ।

त्यसमा क्लिक गरि तपाईंले आवश्यक जानकारी दिन सक्नुहुनेछ । तस्वीर, अडियो वा भिडियो प्रयोग गरेर पनि सूचना तथा जानकारी दिन सकिने गरी एप विकास गरिएको छ ।

सुचना राखेसँगै तपाईंले ‘सबमिट’ अप्सनमा क्लिक गरी ‘प्रोसेस’ मा गएर अन्त्यमा ‘ओके’ बटन थिच्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१