२०७९, २७ श्रावण शुक्रबार   |  
Friday 12th August 2022

कोरोनाभाइरस नियन्त्रण कोषमा टेलिकमको १२ करोड सहयोग

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सरकारलाई १२ करोड रुपैयाँ सहयोग गरेको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोभिड-१९ अर्थात कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा कम्पनीले उक्त सहयोग गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले महामारी नियन्त्रणका लागि सरकारलाई सहयोग गरिएको जानकारी दिए । ‘हामीले आजै प्रधानमन्त्री कार्यालयका सचिव ज्यूलाई सहयोग रकम हस्तान्तरण गरिसकेका छौँ,’ टेकपानासँगको कुराकानीमा उनले भने ।

सहयोग रकम मध्ये दुई करोड रुपैयाँ टेलिकमका कर्मचारीको तलवबाट कट्टा गरिनेछ भने बाँकी १० करोड कम्पनीकै खाताबाट सरकारी कोषमा जानेछ । केही दिन अघि निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई १० करोड रुपैयाँ सहयोग गरेको थियो ।

दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले समेत कोभिड-१९ रोकथामकका लागि १५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय बुधबार नै गरिसकेको छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team