close

एनसेलले घटायो इन्टरनेट शूल्क

टेकपाना टेकपाना

चैत २०, २०७६ १६:५३

एनसेलले घटायो इन्टरनेट शूल्क

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सरकारले गरेको निर्णय अनुसार बिहीबार (चैत्र २०) बाट लागु हुनेगरी डेटा सेवामा ‘पे एज यु गो’ अर्थात बिना डेटाप्याक इन्टरनेट चलाउँदा लाग्ने शूल्क २५ प्रतिशतले घटाएको छ । यो सँगै एनसेलका ग्राहकले अब १.५० रुपैयाँ प्रति एमबीका दरले इन्टरनेट प्रयोग गर्न पाउने छन् ।

एनसेलले आफ्नो कर बाहेक २ रुपैयाँ प्रति एमबी रहेको पे एज यु गो शूल्क प्रति एमबी ५० पैसा घटाएको हो । यो परिमार्जित शूल्क लकडाउनको अवधिभर मात्रै लागु हुने कम्पनीले जनाएको छ ।

कम्पनीले पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनस समेत दिँदै आएको छ । जसबाट डेटा शूल्क ८० प्रतिशतसम्म कम भएको कम्पनीको भनाई छ ।

यो योजना अन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्छन्, त्यसै अनुरुप डेटा शूल्क थप सस्तो पर्दै जान्छ । पे एज यु गोमा दिइएको २५ प्रतिशत छूटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्मको छूटमा डेटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जब ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्काल बोनस डेटा पाउँदै जान्छन् । जब ग्राहकले आफ्नो ब्यालेन्सबाट २, ५, १०, २०, ३० रुपैयाँ वा यो भन्दा थप १० दश रुपैयाँका दरले खर्च गर्दै जान्छन्, त्यसै अनुपातमा बोनस डेटा प्राप्त गर्दै जान्छन् ।

सुरुमा डेटामा १० रुपैयाँ खर्च गरेपश्चात त्यसपछि खर्च हुने प्रत्येक १० रुपैयाँमा ग्राहकले २०/२० एमबी डेटा बोनसको रुपमा पाउँदै जाने कम्पनीले जनाएको छ । यदि ग्राहकले २ रुपैयाँ मेन ब्यालेन्स १.०४ एबी डेटामा खर्च गर्दछन् भने, तत्कालै २ एमबी डेटा बोनस पाउँछन् ।

यसैगरी ग्राहकले ३० रुपैयाँ ब्यालेन्स खर्च गर्दा बोनसको रुपमा ५७ एमबी सहित कुल करिब ७३ एमबी डेटा पाउँछन् । यदि ग्राहकले मेन ब्यालेन्सबाट १०० रुपैयाँ डेटामा खर्च गर्दछन् भने कुल २५० एमबी डेटा पाउँछन् ।

एनसेलका अनुसार कोरोनाभाइरसले निम्त्याएको महामारीको समयमा ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले सापटी सेवामा थप रकम, निःशूल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जीबीको स्टे होम प्याक समेत प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१