close

नेपालमै उत्पादन गरेका मास्क निःशूल्क वितरण गर्दै सेल पे

टेकपाना टेकपाना

चैत २०, २०७६ १८:७

नेपालमै उत्पादन गरेका मास्क निःशूल्क वितरण गर्दै सेल पे

काठमाठौं । व्यवसायी दीपक मल्होत्राले नेपालमै उत्पादन गरेका मास्कको बिक्री सुरु भएको छ । कोभिड-१९ अर्थात कोरोनाभाइरसको महामारी फैलिएसँगै नेपालमा मास्क अभाव भएपछि मल्होत्राले नेपालमै दैनिक ७० हजार मास्क उत्पादन थालेका थिए ।

उनले उत्पादन गरेका मास्क डिजिटल मोबाइल वालेट सेल पेबाट निःशूल्क रुपमा वितरण गर्न सुरु भएको छ । ई-कमर्स कम्पनी सस्तो डिलसँग सहकार्य गरी मास्कको निःशूल्क वितरण थालिएको हो ।

सस्तो डिलबाट कुनै पनि अत्यावश्यक सामग्री खरिद गर्दा सेल पेबाट भुक्तानी गरेको खण्डमा ग्राहकहरुले १० थान मास्क निःशुल्क पाउनेछन् । कोरोनाभाइरसको महामारी फैलिन नदिने सरकारले मुलुकभर लकडाउन लागु गरेको छ ।

व्यवसायी दीपक मल्होत्रा

यस्तो समयमा प्रत्यक्ष रुपमा बजारमा गएर मास्क खरीद गर्न सहज नहुने भएपछि सस्तो डिलसँग सहकार्य गरिएको छ । अहिलेको असहज समयमा ग्राहकहरुको सुरक्षा र आवश्यकतालाई मध्यनजर गर्दै सस्तो डिलले अत्यावश्यक सामग्रीहरु ग्राहकहरुको घरमै पुर्‍याइरहेको छ ।

कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि मास्कको अत्यधिक माग भएको अवस्थामा सेल पेले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना ग्राहकहरुलाई निःशूल्क रुपमा मास्क उपलब्ध गराउन थालिएको जनाएको छ ।

जसक‍ा लागि सेल पेका ग्राहकहरुले सस्तो डिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेल पे एप्पमार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेको अवस्थामा १० थान मास्क निःशूल्क पाउनेछन् ।    

सेल पे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिन्छ । सेल पेबाट तत्कालै विभिन्न दुरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर समेत गर्न सकिन्छ ।

सेल पेको एप गूगल प्लेस्टोर तथा एप्पलको एप्प स्टोरका साथै ह्वावे एप ग्यालरीमा समेत उपलब्ध छ । सेल पेमा मल्होत्राको लगानी समेत रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१