close

कोरोनाभाइरस नियन्त्रणका लागि प्रविधि विकास गर्न चाहनेलाई महाबिर पुनले सघाउने

टेकपाना टेकपाना

चैत २०, २०७६ २०:२२

कोरोनाभाइरस नियन्त्रणका लागि प्रविधि विकास गर्न चाहनेलाई महाबिर पुनले सघाउने

काठमाडौं । सामाजिक अभियान्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुनले कोभिड-१९ अर्थात कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक प्रविधि विकास गर्न चाहनेलाई सघाउने भएका छन् । पुनले भाइरस विरुद्ध लड्न कुनै आईडिया, उपकरण, सफ्टवेयर, तथा अन्य चिज विकास गर्न खोज्नेलाई आविष्कार केन्द्रले सक्दो सहयोग गर्ने घोषणा गरेका हुन् ।

फेसबुक पोस्ट मार्फत उनले कोरोना प्रकोप विरुद्ध लड्न र त्यसलाई कम गराउन मद्दत गर्ने कुनै पनि प्रयासलाई आफ्नो साथ रहने बताएका छन् । पोस्टमा उनले उल्लेख गरेका छन्, ‘कसैले केही चिज बनाउँदै हुनुहुन्छ अथवा बनाउने बिचार गरिरहनु भएको छ र त्यसका लागि सहयोग आवश्यक छ भने सम्पर्क गर्नुहोला ।’

त्यस्तो अवस्थामा आविष्कार केन्दरले सक्दो सहयोग तुरुन्तै उपलब्ध गराउने पुनको भनाई छ । उनले सहयोग आवश्यक भए आफूलाई सोझै ९८४१५९२३६१ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१