close

सस्तो आईफोन आजै सार्वजनिक हुनसक्ने

टेकपाना टेकपाना

चैत २१, २०७६ १४:३७

सस्तो आईफोन आजै सार्वजनिक हुनसक्ने

काठमाडौं । लामो समयदेखि चर्चाको विषय बनेको आईफोन एसई सम्भवतः आज सार्वजनिक हुन सक्ने उल्लेख गरिएको छ । कोरोनाका कारण सार्वजनिक हुने मिति परिवर्तन हुँदै आएको अवस्थामा कम्पनीले शुक्रबार उक्त फोन सार्वजनिक गर्न सक्ने नाइन टु फाईभ म्याकले जनाएको छ ।

आईफोन एसई कम्पनीको सस्तो फोन हो । प्रिमियम फोन मात्रै उत्पादन गर्दै आएको कम्पनीले मिड रेञ्जमा आफ्नो उपस्थिती जनाउन उक्त फोन सार्वजनिक गर्न लागेको हो । उक्त फोनको नाम ‘२०२० आईफोन एसई’ हुन सक्ने उल्लेख गरिएको छ ।

जानकारी अनुसार उक्त फोन सेतो, कालो र रातो गरि तीन फरक कलरमा उपलब्ध हुनेछ । त्यसका लागि आवश्यक कभर पनि कम्पनीले सार्वजनकि गर्ने जनाइएको छ ।

फोन ६४, १२८ र २५६ जीबी भेरियन्टमा सार्वजनिक हुने अनुमान गरिएको छ । मूल्यको विषयमा यकिन नभएतापनि फोनको अनुमानित मूल्य नेपाली ४८ हजारको हाराहारी पर्ने उल्लेख छ ।

कम्पनीले यो फोन विषेशगरी भारतीय बजारलाई लक्षित गर्दै ल्याउन लागेको बताइएको छ । मोबाइलको दोस्रो ठूलो बजारको रुपमा उदाएको भारतलाई लक्षित गर्दै विभिन्न कम्पनीले पछिल्लो समय स्मार्टफोन निर्माण गर्न थालेका छन् । गर्ने गरेका छन् ।

इन्डियन एक्सप्रेसबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१