close

महामारीमा सहयोग लेन-देन गर्न सघाउने फेसबुकको नयाँ फिचर

टेकपाना टेकपाना

चैत २१, २०७६ १३:४७

महामारीमा सहयोग लेन-देन गर्न सघाउने फेसबुकको नयाँ फिचर

काठमाडौं । कोरोनाभाइरसको महामारीको समयमा आपसी सरसहयोगलाई बढावा दिन फेसबुकले नयाँ टूलको विकास गरेको छ । फेसबुकको यो नयाँ टूलले प्रयोगकर्ताहरुको सहयोग आग्रह र सहयोगको अफरलाई जोड्ने काम गर्छ । 

कम्पनीले भर्खरै कम्युनिटी हेल्प नामको नयाँ टूल सार्वजनिक गरेको हो । फेसबुकले यो एउटा प्लेटफर्मको रुपमा रहने र यसमा सहयोगको आग्रह र सहयोगको अफर गर्न सकिने बताएको छ ।

उदाहरणका लागि यसमा खाद्य सामग्रीहरुको स्वयम्‌सेवा गर्ने स्थानीय खाद्य संकलन संस्था वा फण्ड रेजिङले यहाँ सहयोगको आग्रह गर्नुका साथै सहयोग अफर गरर्न सक्छन् । 

फेसबुकले यो नयाँ टूल अमेरिका, बेलायत, फ्रान्स, अष्ट्रेलिया र क्यानडामा आगामी केही दिनभित्र रोलआउट गरिसक्ने बताएको छ । बिस्तारै उक्त नयाँ फिचर अन्यत्र पनि सार्वजनिक गर्ने उसले बताएको छ ।

विश्वभर नै कोरोना भाइरस फैलिरहेको अवस्थामा फेसबुक गलत सूचना, अत्यावश्यक वस्तुहरुको चुलिदोँ मूल्य र कोरोनाभाइरस उपचारजन्य सामाग्रीहरुको फर्जी विज्ञापनलाई नियन्त्रण गर्ने दौडमा उत्रिएको छ । 

फेसबुको यो नयाँ फिचरमा एउटा मेन पेज हुनेछ । यसमा तपाईं कति क्षेत्रफलमा सहयोग आग्रह वा अफर गर्न चाहनुहुन्छ, त्यो क्षेत्रलाई नियन्त्रण गर्नसक्नुहुन्छ । उदाहरणका लागि १० किलोमिटर, २५, ५० वा सय किलोमिटर ।

यस्तै मेन पेजको एउटा साइड बारमा तपाईं कस्तो किसिमको पोस्टहरु हेर्न चाहानुहुन्छ, त्यसलाई फिल्टर गर्ने अप्सन राखिएको हुन्छ । पोस्टमा सहयोग आग्रह गर्ने वा सहयोग माग्ने तथा सहयोगको अफर वा सहयोग गर्न चाहने दुई किसिमका अप्सन उल्लेख हुन्छ ।

त्यसभन्दा तल क्याटेगोरी हुन्छ, तपाईं कुन किसिमको सहयोग आदानप्रदान गर्न चाहनुहुन्छ । यी सेटिङहरु एकपटक तपाईंले मिलाइसकेपछि फेसबुकले तपाईंको नजिकको क्षत्रमा उपलब्ध सहयोगको अफर र आग्रह देखाउने छ ।

यसमा तपाईंले आफ्नो पोस्टको प्राइभेसी अर्थात गोपनीयताको सेटिङ पनि मिलाउन सक्नुहुन्छ । तपाईं आफू फेसबुक म्यासेन्जरमा वा ह्वाट्सएपमा कुनमा कनेक्ट हुन चाहनुहुन्छ, तपाईलाई रोज्न अप्सन पनि दिइने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१