close

गूगलले तपाईंलाई कसरी निगरानी गर्दैछ ? हेर्नुहोस्, सार्वजनिक प्रतिवेदन

टेकपाना टेकपाना

चैत २२, २०७६ १८:२७

गूगलले तपाईंलाई कसरी निगरानी गर्दैछ ? हेर्नुहोस्, सार्वजनिक प्रतिवेदन

काठमाडौं । गूगलले कोरोना भाइरस (कोभिड–१९) का कारण समाजमा मानिसको गतिविधिमा कसरी परिवर्तन आइरहेको छ भन्ने विषयमा एउटा प्रतिवेदन तयार पारेको छ । बिहीबारसम्मको अध्ययनका आधारमा गूगलले ‘कम्युनिटी मोबिलिटी रिपोर्ट’ सार्वजनिक गरेको हो ।

उक्त प्रतिवेदन अनुसार नेपालमा घरमा चहलपहल बढ्दा अन्य क्षेत्रमा भने चहलपहल ठूलो मात्रामा घटेको छ । कोभीड–१९ का कारण विश्व स्वास्थ्य संगठनले समेत सामाजिक दुरी कायम गर्न आग्रह गर्दै आएको छ ।

सरकाले पनि देशभर लकडाउन गरी सामाजिक दुरी कामय गर्न बाहिर निस्किन दिएको छैन । यही समयमा गूगलले ‘गुगल म्याप’ मा आधारमा प्रतिवेदन तयार पारेको हो ।

गूगगले मानिसको चहलपहल हुने क्षेत्रलाई विभिन्न ६ वर्गमा बाँडेर अध्ययन गरेको छ । त्यसमा मनोरञ्जन, ग्रोसरी तथा फार्मेसी, पार्क, सार्वजनिक यातायात, कार्यक्षेत्र र आवास छन् । गूगलले विश्वका सबै देशको रिपोर्ट एकसाथ सार्वजनिक गरेको हो ।

गूगलको प्रतिवेदन अनुसार नेपालमा रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, पुस्तकालय, फिल्महल लगायत ठाउँमा सामान्यतया भन्दा मानिसको चहलपहल ७८ प्रतिशत घटेको देखिन्छ । त्यस्तै ग्रोसरी, खाद्यान्न, कृषि बजार, फार्मेसीलगायतका पसल/बजारमा मानिसको चहलपहल ६९ प्रतिशतले घटेको छ ।

राष्ट्रिय निकुन्ज, नदी किनारा, सार्वजनिक बगैँचा, लगायत क्षेत्रमा चहलपहल ५५ प्रतिशतले कम भएको छ। त्यसैगरी सार्वजनिक यातायात, बसपार्क, लगायतका स्थानमा मानिसहरुको चहलपहल ७४ प्रतिशत कम भएको छ ।

गूगलको प्रतिवेदन अनुसार काम गर्ने ठाउँमा ७२ प्रतिशतले चहलपहल कम हुँदा घरमा भने २८ प्रतिशतले बढेको उल्लेख गरिएको छ । गूगलले पहिलो पटक सार्वजनिक गरेको यो रिपोर्टका आधारमा अनुमान गर्नुहोस् त, तपाईंलाई गूगलले कसरी ट्रेस गरिरहेको छ ?

गूगलले सार्वजनिक गरेको नेपालको कम्युनिटी मोबिलिटी रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१