close

एन्ड्रोइडका युनिक फिचर, जुन आईफोन चलाउनेहरु मिस गर्छन्

टेकपाना टेकपाना

चैत २२, २०७६ १२:१७

एन्ड्रोइडका युनिक फिचर, जुन आईफोन चलाउनेहरु मिस गर्छन्

काठमाडौं । एन्ड्रोइड र आईओएस प्लेटफर्ममा कुन प्लेटफर्म उत्कृष्ट भन्ने विषयको बहस आज पनि जारी छ । तर कसैसँग यसको निष्पक्ष र सही उत्तर छैन ।

आईओएसका पक्षधरहरु सुरक्षादेखि इन्क्रिप्सनको तर्क गर्छन्, भने एन्ड्रोइडका प्रयोगकर्ताहरु कस्टमाइजेसनदेखि गूगल असिस्टेन्ट पावरको कुरा गर्छन् । यी सबै तर्कहरु एकदमै यथार्थपरक नै छन् । 

तर आज हामी तपाईंलाई एन्ड्रोइड प्लेटफर्मका केही यस्ता फिचरका बारेमा बताउँदै छौं, जुन फिचरहरु तपाईंले आईओएसमा पाउनुहुने छैन ।

एन्ड्रोइड प्रयोगकर्ताहरुले डिफल्ट एप सेट गर्नेदेखि, एकैपटकमा धेरै एप चलाउने र फोनको लुक्सलाई पूर्णरुपमा कस्टमाइज गर्नसक्छन् । 

१. चाहेको एप प्रयोग गर्न मिल्छ 

आईफोनमा जीमेललाई डिफल्ट ईमेल एपको रुपमा सेट गर्ने आईओएस प्रयोगकर्ताहरुले लामो समयदेखि एप्पलसँग आग्रह गर्दै आइरहेका छन् । 

एप्पलले आईओएसमा आफ्नै एप्सहरु डिलिट गर्ने अप्सन राखेको भएता पनि यसमा तपाईंले डिफल्ट एपको रुपमा सेट गर्न भने सक्नुहुन्न । जुन एकदमै दुःखको कुरा हो । 

अर्कोतिर एन्ड्रोइडले क्रोमको साटो फायरफक्स र ओपेरालाई डिफल्ट ब्राउजरको रुपमा सेट गर्ने सुविधा दिएको छ । यसबाट आरसीएसको फाइदा लिन गूगल म्यासेज एपलाई टेक्स्ट म्यासेज एपको रुपमा चयन गर्न सकिन्छ ।

गूगलले हालै च्याट फिचर सार्वजनिक गरेको छ, जसले एप्पलको आईम्यासेजले जस्तै काम गर्नसक्छ । एन्ड्रोइड डिभाइसमा कुन एपलाई डिफल्ट एपको रुपमा सेट गरिएको छ भनेर हेर्न सजिलो छ । यसका लागि सेटिङ एपमा जानुहोस् ।

त्यहाँबाट एप र नोटिफिकेसनमा प्रवेश गर्नुहोस् र डिफल्ट एप्समा जानुहोस् । डिफल्टलाई परिवर्तन गर्ने हो भने एप क्याटेगोरी छनौट गर्नुहोस् । उदाहरणका लागि त्यहाँ रहेको अप्सनबाट ब्राउजर एप चयन गर्नुहोस् ।

२. गूगल असिस्टेन्ट 

आईफोन प्रयोगकर्ताहरुसँग सिरी भएजस्तै एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि गूगल असस्टेन्ट छ । केही कारणका लागि आईफोनको सिरीभन्दा एन्ड्रोइडको गूगल असिस्टेन्ट अत्याधुनिक छ  । सबैभन्दा महत्वपूर्ण कारण भनेको यसले गूगलको इम्प्रेसिभ डेटाबेसको प्रयोग गर्छ । 

गूगल असिस्टेन्टले विजनेस तथा नामका लागि आउने सामान्य रिक्वेस्टहरु बुझ्नसक्छ । यसले कमै गल्तीहरु गरिरहेको हुन्छ । गूगल सर्चबाट खोजेर यसले उच्च गुणस्तरीय रेस्पोन्सहरु दिन्छ । तर सिरीमा यस्तो टूलको एक्सेस छैन । 

गूगल असिस्टेन्टले फोनका अन्य फंसनहरुसँग नजिकबाट मिलेर काम गर्छ । यदि तपाईंसँग गूगल होम वा नेस्ट होम स्मार्ट स्पिकर वा अन्य कम्पिटेबल डिभाइस छ भने आफ्नो फोनमा असिस्टेन्ट प्रयोग गर्न सक्नुहुन्छ । जसबाट घरभित्रका स्मार्ट डिभाइसहरु नियन्त्रण गर्न सक्नुहुन्छ ।  

एन्ड्रोइडमा ओके गूगल र हे गूगल गरी दुई शब्दहरु राखिएको छ । तपाईं यी दुई कमाण्डिङ शब्दको सहाराले गूगल कमाण्ड गर्न सक्नुहुन्छ । आईफोन प्रयोगकर्ताले पनि असिस्टेन्ट प्रयोग गर्न गूगल एपहरु इन्स्टल गर्न सक्छन् । तर यो ब्यूल्ट ईन हुँदैन र यो कुनै डिफल्ट पर्सनल असिस्टेन्ट पनि होइन । 

३. दुई एप एक साथ चलाउन सकिन्छ 

आईप्याड ओएस थर्टिनमा एकैपटक धेरैओटा एपहरु चलाउन मिल्ने भए पनि आईओएस १३ र आईफोनमा भने त्यो सुविधा छैन । 

तर एन्ड्रोइड प्रयोगकर्ताहरुले स्प्लिट स्क्रिन मोडबाट यो सुविधा प्रयोग गर्न सक्छन् । २०१६ मा एन्ड्रोइड ७.० नौगाटको रिलिज भए पछि यो स्प्लिट स्क्रिन फिचर थपिएको हो । 

एकैपटकमा दुई वा त्यो भन्दा धेरै एपहरु प्रयोग गर्न पाउने सुविधा धेरै नै लाभदायी छ । यसले मल्टिटास्किङ भ्यूका लागि पनि सहयोग गर्छ । तर एप्पलले हालसम्म यो सुविधा दिन सकेको छैन ।

४. होम स्क्रिन कस्टमाइज 

एप्पलले होम स्क्रिनमा बहुसंख्यक पेजमा भएका इन्स्टल एपलाई एउटा रिजिड ग्रिडमा राख्ने अवधारणा ल्याएको छ । तर अधिकांश एन्ड्रोइड डिभाइसले दुईओटा अवधारणा अपनाउँछ, जसमा उसले होमस्क्रिन र एप ड्रवेर दिन्छ ।

होम स्क्रिनले ग्रिड लेआउट मान्दैन । एन्ड्रोइडमा तपाईंले जहाँसुकै कुनै पनि एपलाई राख्न सक्नुहुन्छ । तर प्लेटफर्मले तपाईंलाई एपहरुको ग्रुप मिलाएर फोल्ड बनाउन मद्दत गर्छ । 

एन्ड्रोइडको यो अवधारणाको फाइदा भनेको तपाईंले जुनसुकै ढाँचामा होमस्क्रिनमा एपलाई मिलाएर राख्न सक्नुहुन्छ । साथै एन्ड्रोइड सपोर्ट विडगेट्सहरु पनि विभिन्न साइजमा राख्न मिल्छ । 

५. पूर्ण कस्टमाइज लञ्चर्स 

एन्ड्रोइड कस्टमाइजेसनका लागि लञ्चर्स एउटा राम्रो उदाहरण हो । यो एपले तपाईंको होमस्क्रिनसँग अन्तरक्रिया गर्ने तरिकालाई पूर्णरुपमा परिवर्तन गरिदिनसक्छ । यसले एप ड्रवेरदेखि एप आइकनलाई पनि परिवर्तन गरिदिन सक्छ । 

लञ्चर प्रयोग गर्नु भएको खण्डमा यसले तपाईंको फोनको लुक्सदेखि काम गर्ने तरिका सबै कुरामा परिवर्तन ल्याइदिन्छ । यसले फोनलाई अझ धेरै व्यक्तिगत बनाइदिन्छ । 

नोभा लञ्चर, माइक्रोसफ्ट लञ्चर, एपेक्स लञ्चर तथा एक्सन लञ्चर, यी सबै तपाईंको एन्ड्रोइड फोनमा फेरबदल ल्याउनुका साथै फिचर थप गरिदिन सक्छन् । 

६. स्वचालितरुपमा परिवर्तन भइरहने वालपेपर

लञ्चरबाट सबैकुरालाई कस्टमाइज गर्न धेरै समय लाग्छ भन्ने लाग्छ भने एन्ड्रोइड फोनलाई सधैं ताजा महसुस गराउन अर्को उपाय पनि छ । त्यो भनेको गूगल वाल पेपर एप । जुन आईफोनका प्रयोगकर्ताहरुको पहुँचमा हुँदैन । 

File:Android Screenshot (Jelly Bean).jpg - Wikimedia Commons

यो वाल पेपर एपले तपाईंको होम स्क्रिनको वालपेपर र लक स्क्रिनलाई दैनिक परिवर्तन गरिदिन्छ । यसका लागि तपाईंले कुनै दुःख वा झन्झट गर्नुपर्दैन ।

७. भिडियो हेर्दै च्याट गर्न मिल्ने 

तपाईंले गूगल म्यापमा नेभिगेसन गर्दै हुनुहुन्छ र सानो म्यासेजको उत्तर दिन अर्को म्यासेजिङ एप खोल्नु पर्‍यो भने तपाईंले गूगल म्याप विण्डो स्क्रिनको एउटा सानो कर्नरमा देख्नु हुनेछ । 

२०१७ मा सार्वजनिक भएको एन्ड्रोइड ओरियो देखि सिस्टम वाइड पिक्चर टु पिक्चर मोड राखेको छ । यसमा भिडियो एप पनि खोलेर अर्को एप चलाउन सकिन्छ ।

आईफोनमा भने यस्तो पिक्चर टु पिक्चर मोड हुँदैन । तपाईंले स्क्रिनमा जे हेर्नु हुन्छ, त्यो बाहेक अरु कुनै पनि कुरा देख्न सक्नुहुन्न । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१