close

जूमको विकल्पमा माइक्रोसफ्ट टिम्स, २५० जनासम्मको भिडियो कन्फ्रेन्स

टेकपाना टेकपाना

चैत २२, २०७६ १४:६

जूमको विकल्पमा माइक्रोसफ्ट टिम्स, २५० जनासम्मको भिडियो कन्फ्रेन्स

काठमाडौं । कोरोनाभाइरसका कारण अहिले विश्वभर वर्क फ्रम होमको ट्रेण्ड चलिरहँदा अधिकांले भिडियो कन्फ्रेन्सिङ एप जूम प्रयोग गरिरहेका छन् । जूमको प्रयोग र लोकप्रियता बढिरहेको बेला यसमा घातक सुरक्षा कमजोरी रहेको खुलासाहरु बाहिरिरहेका छन् ।

यस्तोमा प्रयोगकर्ताहरु अन्य विकल्पको खोजीमा जुटिरहेका छन् । यसैबीच विश्वविख्यात सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले नयाँ भिडियो कन्फ्रेन्सिङ एप टिम्स सार्वजनिक गरेको छ । 

टिम्समा तपाईले आफ्नो संस्था नै खडा गर्न सक्नुहुन्छ । यसमा नो निःशूल्क लाइसेन्स प्रयोग गरी टिम सदस्यहरु थप गर्न पनि सकिन्छ । माइक्रोसफ्ट अफिस प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि माइक्रोसफ्ट टिम्स एउटा प्याकेजको रुपमा आएको छ । 

माइक्रोसफ्ट ३६५ सब्स्क्रिप्सन भएका साना विजनेसहरुका लागि यो निकै आकर्षक प्याकेजको रुपमा रहेको छ । माइक्रोसफ्ट टिम्समा तपाईंले अनलाइन सेवाहरुको संग्रह नै पाउन सक्नुहुन्छ । 

यो विण्डोज, म्याक ओएस, आईओएस र एन्ड्रोइड सबै प्लेटफर्ममा उपलब्ध छ । टिम्समा तपाईंले अर्गनाइजेसन सिर्जना गरेर त्यसमा जोडिन र अरुलाई आमन्त्रित गर्न पनि सक्नुहुन्छ । यसमा तपाईले विभिन्न ग्रुपहरुका लागि छुट्टा छुट्ट टिम्स तयार पार्न सक्नुहुन्छ ।

तपाईंको संस्थाका सबैजनाले यसमा च्याट गर्नसक्छन् । प्रत्येक टिममा ग्रुप कुराकानीका लागि स्ल्याकमा जस्तै च्यानल हुन्छ । यसमा प्राइभेट च्याट र ग्रुप कन्भर्सेसन दुवै छ । अडियो तथा भिडियोको अप्सनका साथै स्क्रिन शेयर गर्ने अप्सन पनि यसमा हुन्छ । 

जूम, वेबएक्स र अन्य भिडियो कन्फ्रेन्सिङ प्लेटफर्ममा जस्तै यसमा पनि धेरै राम्रा फिचरहरु छन् । यसमार्फत गरिने भिडियो कन्फ्रेन्समा एकसाथ २५० जना व्यक्ति अटाउन सक्छन् । लाइभ इभेन्टमा दश हजार सहभागी हुन सक्छन् । 

यसभित्र सिर्जना भएका अर्गनाइजेसनमा शेयर मेलबक्स र क्यालेन्डर अनि एउटा शेयर नोटबुक हुन्छ । यसमा शेयर प्वाइन्ट अनलाइन साइट र डकुमेन्ट लाइब्रेरी पनि छ । टिम सदस्य तथा गेस्टहरुले समन्वय गर्ने तथा डकुमेन्टहरु शेयर गर्नसक्छन् । 

टिम्स एपले अन्य थर्डपार्टी सर्भिस पनि यसमा समावेश गरेको छ । जस्तै एडोब क्रिएटिभ क्लाउड यसमा रहेको छ भने चाँडै स्ल्याक पनि समावेश हुनेछ । साथै यसमा थर्ड पार्टी अनलाइन स्टोरेज सर्भिसहरु गूगल ड्राइभ र ड्रपबक्स पनि समावेश छन् ।

यसमा समावेश गरिएको थर्ड पार्टी एपहरुको आकर्षक संग्रहले तपाईंको डिजिटल काम गराइको वातावरणलाई कस्टमाइज गर्न मद्दत गर्दछ । यसमा तपाईंका लागि खुशीको अर्को खबर के छ भने यो प्रयोग गर्न तपाईंलाई कुनै शूल्क लाग्दैन ।

यसरी प्रयोग गर्नुहोस्

तपाई नयाँ टिम्स अर्गनाइजेसन बनाउन चाहनुहुन्छ, तर तपाईंसँग अफिस ३६५ विजनेस सब्स्क्रिप्सन छैन भने टिम्स एप इन्स्टल गरेर यसलाई फ्रिमियम मोडमा चलाउनुहोस् । यो भर्सन कहिल्यै एक्सपायर पनि हुँदैन ।

यसमा तपाईंले अनलिमिटेड च्याट, ब्यूल्ट ईन ग्रुप तथा अडियो भिडियो कलिङको सुविधा पाउन सक्नुहुन्छ । यसमा टिमको फाइल स्टोरेजका लागि १० जीबी र पर्सनल फाइल स्टोरेजका लागि दुई जीबी स्पेस छ ।

तपाईंले यसमा माइक्रोसफ्टका अन्य वेब एपहरु वर्ड, एक्सल, पावरप्वाइन्ट तथा वान नोटसँग पनि रियल टाइम कोलाब्रेसन गर्न सक्नुहुन्छ । टिममा प्रवेश गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

यसमा व्यक्तिगत ईमेलमार्फत साइन अप गर्नुहोस् । फर वर्क अप्सन चयन गर्नुहोस् । यसका लागि तपाईंलाई क्रेडिट कार्डको पनि आवश्यकता पर्दैन । तपाईंले सेटअप सम्पन्न गर्न भेरिफिकेसन ईमेल चेक गर्नुहोस् । 

अब साइन ईन गर्नुहोस् र मेनुमा रहेको म्यानेज ओआरजी लिंकमा क्लिक गर्नुहोस् । त्यहाँबाट तपाईंले अरुलाई जोडिन आमन्त्रित गर्नसक्नुहुन्छ ।

यसमा तपाईंले पाँच हजारसम्म टिम सदस्यलाई जोड्न सक्नुहुन्छ । सःशूल्क भर्सनको तुलनामा यसमा तपाईंले एकदमै सिमित फिचरहरु पाउनुहुन्छ । तर निःशूल्क भर्सन प्रयोग गर्न कुनै अवरोध भने खेप्नुपर्ने छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१