close

एनआईटीईसीले नेपालमै तयार पार्‍यो कोरोनाको नमूना संकलनमा अत्यावश्यक ग्लोब वाल

रन्जन कोइराला रन्जन कोइराला

चैत २२, २०७६ १६:४३

एनआईटीईसीले नेपालमै तयार पार्‍यो कोरोनाको नमूना संकलनमा अत्यावश्यक ग्लोब वाल

काठमाडौं । नेपाल इन्नोभेसन टेक्नोलोजी एण्ड आन्टरपेनरशिप सेन्टर (एनआईटीईसी) ले कोरोनाभाइरस परीक्षणमामा काम लाग्ने ग्लोब वाल तयार पारेको छ । सेन्टरले पोखराकै डाक्टर र इन्जिनियरसँगको सहकार्यमा उक्त ग्लोब वालको प्रोटाटाइप निर्माण गरेको हो ।

एनआईटीईसी पोखरा विश्वविद्यालय अन्तरगतको एउटा कार्यक्रम हो । जसलाई साउथ कोरियाको साइन्स एण्ड आईसीटी मन्त्रालयले सहयोग गर्दै आइरहेको छ ।

विभिन्न नवपर्वर्तनका काम गर्दै आएको सेन्टरका प्रोग्राम म्यानेजर रवि भण्डारीले उक्त ग्लोब वालको प्राटोटाइप निर्माण गरिएको जानकारी दिए ।

Image may contain: one or more people

‘हामीले अहिले पोखरा यूपीभिसी उद्योगसँगको सहकार्यमा यसलाई तयार पारेका छौँ,’ उनले भने, ‘यो विशेष गरि कोरियन प्रविधिमा आधारित छ । उनीहरुले निर्माण गरेको प्रविधिको डिजाइन र त्यसमा प्रयोग भएका उपकरणहरुको अध्ययन गरेर नै हामीले यहाँ तयार पारेका हौं ।’

‘यसको एउटा प्रोटोटाइप निर्माणको काम सम्पन्न भएको छ । अब हामी यो प्रदेश सरकारलाई बुझाउँछौं । यदि प्रदेश सरकारले यसलाई स्वीकृति दिएको खण्डमा उत्पादनको काममा अघि बढ्छौँ,’ भण्डारीले भने ।

No photo description available.

ग्लोब वाल विशेषगरी डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि आवश्यक उपकरण हो । कोरोनाका बिरामीहरुको नमूना संकलन गर्दा डाक्टर तथा स्वास्थ्यकर्मीमा रोग सर्न नदिन यो अत्यावश्यक हुन्छ ।

यसको प्रयोग दक्षिण कोरियाले सुरुमा गरेको थियो । अहिले अमेरिका, बेलाय लगायतका देशमा समेत प्रयोगमा आइसकेको भण्डारी बताउँछन् ।

सेन्टरले हालको अवस्थालाई मध्यनजर गर्दै यो प्रविधिको विकास गरेको हो । यसमा भित्रबाट डाक्टर बोल्ने माइक हुन्छ भने, बाहिर स्पिकर राखिएको हुन्छ ।

साथै बाहिर बिरामीलाई बोल्नका लागि छुट्टै माइक राखिएको हुन्छ । स्ट्याटसकोप पनि यसैमा राखिएको हुन्छ । यो पूर्ण रुपले सुरक्षित हुने गरी तयार पारिएको छ ।

Image may contain: indoor

प्रदेश सरकाबाट स्वीकृति पाएको खण्डमा उद्योगसँग हाल उपलब्ध भएका सामाग्रीले ५० वटा यस्ता ग्लोव वाल तयार पार्न सक्ने अवस्था छ । जुन आवश्यक परेको खण्डमा १० दिनमै तयार पार्न सकिने अण्डारीले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१