close

स्मार्ट टेलिकमको रिचार्जमा १ जीबी डेटा निःशूल्क

टेकपाना टेकपाना

चैत २२, २०७६ १७:५०

स्मार्ट टेलिकमको रिचार्जमा १ जीबी डेटा निःशूल्क

काठमाडौं । निजी मोबाइल सेवाप्रदाय कम्पनी स्मार्ट टेलिकमले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ अफरको रुपमा हरेक रिचार्जमा १ जीबी डेटा निःशूल्क रुपमा उपलब्ध गराउने भएको हो ।

तर यो सुविधा प्राप्त गर्नका लागि कम्पनीको वेबसाइटमार्फत रिचार्ज गर्नुपर्ने हुन्छ । कम्पनीको वेबसाइटमा गएर खल्ती डिजिटल वालेट, आईएमई पे, फोन पे र कनेक्ट आईपीएस मध्येका विकल्प प्रयोग गरी रिचार्ज गर्न सकिनेछ ।

कम्पनीका अनुसार यस्तो सुविधा सय रुपैयाँ माथिको रिचार्जमा उपलब्ध गराइनेछ । यसरी प्राप्त १ जीबी डेटाको म्याद एक साताको हुनेछ । कम्पनीको वेबसाइटबाट रिचार्ज गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१