close

कोरोना सम्बन्धी सरकारी वेबसाइटकै तथ्याङ्क गायब !

टेकपाना टेकपाना

चैत २३, २०७६ ११:१०

कोरोना सम्बन्धी सरकारी वेबसाइटकै तथ्याङ्क गायब !

काठमाडौं । कोरोनाभाइरसबारे जानकारी दिने आधिकारीक सरकारी वेबसाइटको तथ्याङ्क नै गायब भएको छ । कोरोना भाइरस सम्बन्धि विश्वको अवस्था, नेपालमा हालसम्म गरिएका परीक्षण र संक्रमितको संख्या राख्न तयार पारिएको वेबसाइटमा आइतबार भने कुनै तथ्याङ्क नै देखिँदैन ।

वेबसाइटमा उल्लेख भए अनुसार हालसम्म नेपालमा कोरोनाको कुनै संक्रमण देखिदैन । परीक्षण गरिएका व्यक्तिको संख्या, संक्रमण नदेखिएको संख्या, आइसोलेसनमा राखिएका व्यक्तिको संख्या, संक्रमण देखिएका व्यक्तिको संख्या, निको भएको संख्या अनि मृत्यु भएको संख्या सबै शून्य देखाइरहेको छ ।

आइतबार बिहानदेखि उक्त साइटमा समस्या देखिएको छ । मन्त्रालयका अनुसार सिस्टममा समस्या आउँदा यस्तो भएको हो । यसमा काम भइरहेको र चाँडै अपडेट हुने मन्त्रालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१