close

स्काइपले ल्यायो नयाँ फिचर, भिडियो कलमा जोडिन एप आवश्यक नपर्ने

टेकपाना टेकपाना

चैत २३, २०७६ १५:२९

स्काइपले ल्यायो नयाँ फिचर, भिडियो कलमा जोडिन एप आवश्यक नपर्ने

काठमाडौं । स्काइपले छिटो र सहज रुपमा भिडियो कन्फ्रेन्स गर्न मिल्ने नयाँ फिचर थप गरेको छ । माइक्रोसफ्टको स्वामित्वमा रहेका स्काइपले जुमसँग टक्कर दिन ‘मीट’ नामक नयाँ फिचर सार्वजनिक गरेको हो । यो सँगै प्रयोगकर्ताले स्काइपको एप डाउनलोड नै नगरी भिडियो कन्फ्रेन्समा जोडिन सक्ने भएका छन् ।

यो सुविधा यसअघि जुमले उपलब्ध गराएको थियो । जमुले जस्तै स्काइपले पनि अब एक प्रयोगकर्ताले अन्य साथिहरुलाई भिडियो कन्फ्रेन्समा जोड्न चाहेको खण्डमा एउटा लिंक पठाएर उक्त लिंकबाटै सोझै भिडियो कन्फ्रेन्समा जोड्न सकिने छ ।

कोरोनाका कारण घरबाटै कामगर्नुपर्ने भएकाले पछिल्लो १५ दिनको अवधिमा भिडियो कन्फ्रेन्सिङ्ग एपको प्रयोग ठुलोमात्रामा भएको छ । त्यसमध्य पनि जुम सबैभन्दा चर्चामा छ । जुममा भएको यहि फिचरका कारण उसले चर्चा बटुलेको थियो । अब सोही फिचर स्काइपले ल्याएको हो ।

पछिल्लो केही दिन देखि जुममा सेक्युरिटीको समस्या देखा परेको उल्लेख गरिदैँ आएको छ । यस्तो समयमा स्काइपले थप गरेको यो फिचरले स्काइपलाई मद्धत पुग्ने अपेक्षा गर्न सकिन्छ । साथै आवश्यक परेको खण्डमा भिडियो कन्फ्रेन्समा भएको कुराकानी रेकर्ड गर्न समेत मिल्ने सुविधा स्काइपले दिएको छ ।- एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१