close

अस्पतालहरुलाई साइबर आक्रमणबाट बच्न माइक्रोसफ्टको आग्रह

टेकपाना टेकपाना

चैत २३, २०७६ १६:४३

अस्पतालहरुलाई साइबर आक्रमणबाट बच्न माइक्रोसफ्टको आग्रह

काठमाडौं । माइक्रोसफ्टले कोरोना भाइरस फैलिएकाे समयमा अस्पतालहरुलाई भर्चुअल प्राइभेट नेटवर्क(भिपियन) मार्फत हुन सक्ने साइबर आक्रमणबाट बच्न आग्रह गरेको छ ।

कोरोनका कारण घरमै बसेर काम गर्नु पर्ने अवस्थामा विभिन्न टुलहरुको प्रयोग भइरहेक हुन्छन् । यस्तो अवस्थामा ह्याकरले भीपीएन प्रयोग गरी नेटवर्कमा एक्सेस प्राप्त गर्न सक्ने भन्दै अस्पतालहरुलाई विशेष ध्यान दिन आग्रह गरेको हो ।

माइक्रोसफ्टले अस्पताललाई साइबर आक्रमणबाट बच्न आग्रह गरेको यो नै पहिलो घटना हो । ‘र्‍यानसम वेयर अपरेटहरुले गेटवे, भीपीएन जस्ता नेटवर्क एप्लाइन्सलाई टार्गेट गरिरहेका छन,’ माइक्रोसफ्टले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, ‘यो समयमा यस्ता विषय चुनौतिपूर्ण हुनसक्छ त्यसैले यसबाट बच्नुपर्छ ।’ – एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१