close

एन्ड्रोइड फोनबाट यसरी हटाउनुहोस् भाइरस र माल्वेयर

टेकपाना टेकपाना

चैत २३, २०७६ १२:१२

एन्ड्रोइड फोनबाट यसरी हटाउनुहोस् भाइरस र माल्वेयर

काठमाडौं । कहिलेकाँही तपाईंको एन्ड्रोइड फोन अचानक स्लो भइदिन्छ । यस्तो अवस्थामा पक्कै पनि तपाईंको मोबाइलको सफ्टवेयरमा केही समस्या आइरहेको हुनुपर्छ । 

त्यसो त सफ्टवेयरमा आउनसक्ने हरेक किसिमका समस्याहरुको रोकथाम गर्ने एउटै उपाय एन्टी भाइरस हो । तर कहिलेकाँही एन्टी भाइरस प्रयोग गर्न तपाईंले ढिलो गर्नुहुन्छ र तपाईंको फोन विभिन्न किसिमका माल्वेयरको चंगुलमा फसिसकेको हुनसक्छ । 

यदि त्यसो भएको रहेछ भने पनि अब चिन्ता नलिनुहोस् । केही साधारण टिप्सहरुको सहायताले तपाईं आफ्नो एन्ड्रोइड फोनलाईं माल्वेयर र भाइरसबाट बचाउनुका साथै फोनलाइ थप सुरक्षा पनि प्रदान गर्नसक्नुहुन्छ । 

पहिलो स्टेपः

आफ्नो फोन माल्वेयर अट्याकमा परेको कुरामा विश्वस्त भइसकेपछि पावर बटन थिच्नुहोस् र फोनलाइ पूर्णरुपमा टर्न अफ गर्नुहोस् । यसले फोनलाइ माल्वेयरबाट पूर्णरुपमा त बचाउन सक्दैन ।

तर पनि यसले फोनको अवस्था दुर्गतिमा पुग्नु अघि नै केही सुरक्षा भने दिनसक्छ । साथै कसैले नजिकको नेटवर्कबाट एक्सेस गरेर माल्वेयर अट्याकको प्रयास गरिरहेको छ भने त्यसलाई रोक्ने काम पनि गर्छ । 

फोनलाइ टर्न अफ गर्नु आफैमा पनि एउटा राम्रो उपाय हो । यसले फोन केकस्ता कारणले माल्वेयर अट्याकमा पर्‍यो भनेर विचार गरी मूलभूत कारण खोतल्न समय पनि दिन्छ । 

यदि तपाईंले कारण पत्ता लगाउन सक्नु भएन भने आफ्नो फोन टर्न अन गरी पाचौं स्टेपमा पुग्नुहोस् । त्यस अन्तर्गत रहेको एन्टी माल्वेयर एपले तपाईंको फोनमा के कारणले समस्या आईरहेको छ भन्ने कुराको पत्ता लगाउन मद्दत गर्छ ।

साथै यसले तपाईंको फोनको प्रभावित सफ्टवेयरलाई हटाउन मद्दत समेत गर्छ । तर यसका लागि फोनलाई नेटवर्कको एक्सेसमा लैजानु पर्छ । जसले गर्दा पुनः जोखिम उत्पन्न हुनसक्छ । 

दोस्रो स्टेपः

फोन टर्न अन गरेर कुनै पनि समस्याग्रस्त एपलाई हटाउने प्रयास गर्दा सुरुमा फोनको सेफ मोडलाई अन गर्नुहोस् । यसले समस्याग्रस्त एपले पार्नसक्ने क्षतिलाई सीमित गर्छ । 

अधिकांश एन्ड्रोइड उपकरणमा केही समय पावर बटन थिचेर तपाई सेफ मोडमा जान सक्नुहुन्छ । टर्न अन रहेको फोनलाई केही समय पावर बटन ट्याप वा होल्ड गर्नुहोस् ।

त्यसपछि त्यहाँ केही पावर अप्सनहरु देखा पर्छन् । जसमा रिबूट टु सेफ मोड अप्सन पनि रहेको हुन्छ । यदि तपाईंको फोन सेफ मोडमा जान सकेन भने डिभाइसलाई नेवटर्क एक्सेसबाट अलग गर्न एयरप्लेन मोडमा राख्नुहोस् । 

यहाँ ध्यान दिनुपर्ने एउटा कुरा के छ भने तपाईंले सेक्युरिटी एप डाउनलोड गरिसकेपछि पनि माल्वेयर समस्याको मूख्य कारण पत्ता लगाउन सक्नु भएन भने एक्लै सोचर बस्ने अवस्था हुँदैन । यो विषयमा जानकार कुनै प्राविधिकसँग बुझ्नुपर्ने हुन्छ । 

तेस्रो स्टेपः

आफ्नो एन्ड्रोइड डिभाइसको सेटिङमा जानुहोस् । सेटिङमा एप अप्सनलाई सेलेक्ट गर्नुहोस् र त्यसभित्र छिर्नुहोस् । त्यहाँ तपाईंको मोबाइलमा भएका एपहरुको सूची हेर्नुहोस् ।

एपको सूची हेर्न तपाईंले एप म्यानेजर छान्नु पर्ने पनि हुनसक्छ । तपाईंले त्यहाँ आफ्नो फोनमा समस्या ल्याउने समस्याग्रस्त एप्स छानेर हेर्नुहोस् । 

एप्स पत्ता लागेको खण्डमा त्यहाँ रहेको अनइन्स्टल बटन ट्याप गर्नुहोस् । अनइन्स्टल अप्सन छैन भने फोर्स क्लोज वा फोर्स स्टप चयन गर्नुहोस् ।

यहाँनिर एउटा कुरा के ख्याल राख्नुहोस् भने तपाईंको फोनमा भएका कोर एपहरु कहिल्यै अनइन्सटल हुनसक्दैनन् । त्यस्ता एपलाई डिसेबल गर्न भने सकिन्छ । तर त्यस्ता एप्सहरुले खासै समस्या निम्त्याउँदैनन् । 

चौंथो स्टेपः

तपाईंले आफ्नो फोनमा भएका एपहरुको सूचीलाई निरन्तर निगरानी गर्ने र अनावश्यक तथा शंकास्पद लागेको खण्डमा त्यसलाई अनइन्स्टल गर्ने बानी बसाल्नुपर्छ । 

तपाईंले याद गर्नु पर्ने कुरा के छ भने कहिलेकाँही कुनै एपमा अनइन्स्टल गर्ने कुनै अप्सन नै हुँदैन । त्यस्तो अवस्थामा तपाईंले एप डिसेबल गर्ने अप्सन देख्न सक्नुहुन्छ ।

कुनै कुनै स्मार्ट माल्वेयर र रेन्समवेयरहरु तपाईको एडमिनिस्ट्रेटर सेटिङमा घुसेर आफूलाई विशेष सुरक्षा दिलाउँछन् । तर यस किसिमको समस्यालाई पनि सजिलै समाधान गर्न सकिन्छ ।

त्यसका लागि सेटिङ मेनुमा जानुहोस् । लकस्क्रिनमा स्क्रोल डाउन गर्नुहोस् र सेक्युरिटीमा जानुहोस् । सेक्युरिटीभित्र पुगेर त्यहाँ रहेको फोन डिभाइस एडमिनिस्ट्रेसन सेक्सनमा प्रवेश गर्नुहोस् ।

सेक्युरिटी मेनुको आधारमा तपाईंले अन्य सेक्युरिटी सेटिङ पनि भिजिट गर्नु पर्ने हुनसक्छ । फोन एडमिनिस्ट्रेटरमा गएर एन्ड्रोइड माल्वेयरलाइ हटाउनसक्ने क्षमतालाइ इनेबल गर्नुपर्ने हुन्छ ।

पाँचौ स्टेपः

कमजोर एन्ड्रोइड डिभाइसलाईं सधै राम्रो सुरक्षाको आवश्यकता पर्छ । प्लेस्टोरमा यस्ता धेरै सेक्युरिटी एपहरु पाउन सकिन्छ, जसले तपाईंको फोनलाई भाइरस तथा माल्वेयरबाट सुरक्षा दिनसक्छन् ।

भाइरस स्क्यान गर्ने देखि समस्याग्रस्त सफ्टवेयरबाट छूटकारा दिलाउने कामसम्म गरिदिन्छन् । केही समस्याग्रस्त एपहरु डिलिट गरिसकेपछि तपाईं सेक्युरिटी एप वा प्रोग्राम डाउनलोड गर्नुहोस् ।

जस्तै ३६० सेक्युरिटी, अभास्ट एन्टीभाइरस वा एभीजी एन्टीभाइरस यस्तै अन्य एन्ड्रोइड सेक्युरिटीको पनि सहारा लिनसक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१