close

कोरोनाको महामारी १५ वर्ष अघि आइदिएको भए के हुन्थ्यो ?

टेकपाना टेकपाना

चैत २४, २०७६ १४:४४

कोरोनाको महामारी १५ वर्ष अघि आइदिएको भए के हुन्थ्यो ?

रोय सेलएन-जोन्स

बीबीसी । युद्धको अन्त्यपछि अहिले हाम्री इतिहासको सबैभन्दा कठिन घडीबाट गुज्रिरहेका छौं । राष्ट्रपति केन्नेडीको हत्यादेखि बर्लिनको पर्खाल ढलेको र अमेरिकाको नाइन इलेभेन आतंकवादी हमलाको अहिले म स्मरण गरिरहेको छु ।

तर हालको कोरोनाभाइरसको महामारीले जसरी दैनिक जीवनशैलीलाई नै अस्तव्यस्त बनाएको छ, यसको तुलनामा इतिहासका ती महत्वपूर्ण घटनाहरु पनि सानै हुन् ।

तर जब म मेरो दैनिकी मेरा सहकर्मीहरुसँग फेसटाइमिङमा भिडियो कन्फ्रेन्सिङ गरेर बिताउँछु र मेरा सम्पूर्ण कामहरु सामाजिक सञ्जालमा अपडेट गर्छु, तब मेरो मस्तिष्कमा एउटा प्रश्न उत्पन्न हुन्छः यदि यो सबै कुरा स्मार्ट फोनको समय आउनु अघि २००५ मै भएको भए के हुन्थ्यो होला ?

कनेक्टिभिटीका लागि आज हामीले प्रयोग गरिरहेका डिजिटल टूल्स, फीडहरु त्यस बखत अस्तित्वमै थिएनन् । उपलब्ध भएका पनि एकदमै कम थिए । 

फेसबुक सुरु भएकव भर्खर एक वर्ष पुगेको थियो तर अमेरिकाका कलेजभन्दा बाहिर त्यसको पहुँच थिएन । वेलायतका विश्वविद्यालयमा त्यही वर्षको शरद ऋतुमा फेसबुक आएको थियो । 

न इन्स्टाग्राम न त ह्वाट्सएपको कल्पना गरिएको थियो, त्यो समय । सामाजिक सञ्जालको विषयमा कुराकानी हुँदा मानिसहरु आश्चर्यचकित दृष्टिले हेर्थे । २००५ मा आईटीभीले ल्याएको फ्रेन्ड्स युनाइटेडले पुराना स्कूले साथीहरुलाई खोज्न राम्रो प्लेटफर्म उपलब्ध गराएको थियो । 

त्यही वर्ष युट्युवको जन्म भयो । त्यसपछिका वर्षमा ट्वीटर पनि आयो । २००७ मा आएर एप्पलले पनि आईफोन सार्वजनिक गर्‍यो । अहिले स्मार्टफोन नै हाम्रो इन्टरनेटको प्रमुख गेट वे भएको छ । 

१५ वर्षअघि विश्वभर करिब ८० लाख घरधुरीसँग मात्र ब्रोडब्याण्ड पहुँच थियो । डेस्कटप कम्प्युटरले १० एमबीपीएससम्मको इन्टरनेट स्पीड एक्सेस गर्न सक्थ्यो । यसको अर्थ एउटा एल्बम डाउनलोड गन डेढ मिनेटसम्मको समय लाग्नसक्छ । ७० लाख घरधुरी अझै डायलअप कनेक्सनमै थिए । 

अहिले चल्तीमा रहेका डिजिटल प्लेटफर्महरु त्यो समय भर्खरै उदाउँदै थिए । २००३ मा इस्टोनियन उद्यमीले स्काइप सुरु गरेको थियो । तर स्काइप त्यो समय मात्र एउटा इन्टरनेट टेलिफोनी सर्भिस र कन्फ्रेन्स कल सर्भिस थियो । २००६ पछि मात्र उसले भिडियो फिचर थप गरेको थियो । 

साथीभाईसँग त्यो समय भिडियो च्याट गर्नलाई हाईइण्ड तथा महंगो उपकरणको अवश्यकता पर्दथ्यो । अहिले हामी फेसटाइम र ह्वाट्स्एप प्रयोग गरेर साथीभाईसँग सजिलै कुराकानी गर्न सक्छौं । 

अहिले जूम र ब्लुजिन्स जस्ता सेवाहरु पनि आएका छन् । गत हप्ता एक समय जूम व्यवसायी, सेवाग्राहीले अत्यधिक प्रयोग गर्ने एप बनेको थियो । प्रयोगको आधारमा एप्पल एप स्टोर तालिकामा टिकटकपछि यो दोस्रो स्थानमा आएको थियो । 

आज वेलायतका ९८ प्रतिशत घरधूरीमा औसतमा ५४ एमबीपीएस स्पीडको ब्रोडब्याण्ड इन्टरनेट कनेक्सन छ । यसले गर्दा त्यहाँ लाखौं मानिसहरुलाई घरबाट काम गर्न सहज भएको छ ।

दुई दशक अघिदेखि कल्पना गरिएको टेलि वर्किङ (घरबाटै अफिसको काम गर्ने) को वातावरण अहिले आएर वास्तविक रुपमै तयार भएको छ । यो सबै सम्भव हुनुको पछाडिको एउटै कारण भनेको हामीसँग भएको कनेक्टिभिटी र डिजिटल टूल्सहरु हुन् ।

अहिले जारी लकडाउनले अर्थतन्त्रमा ठूलो धक्का दिँदैछ । तर सोच्नुहोस् यदि यो सबै २००५ ताका भएको हुँदो हो त क्षति कति हुने थियो होला ?

केही वर्षअघि देखि सञ्चालनमा आएका अनलाइन सपिङ सर्भिसहरु ओकाडो र टेस्को डट कमको खुद्रा बिक्रीको स्थिति ३ प्रतिशत थियो । तर हालका दिनमा यसको बिक्री बढेर २० प्रतिशत पुगेको छ । इन्टरनेट प्लेटफर्मको महत्व कति छ भन्ने कुरा यसैले देखाउँछ ।

यदि १५ वर्षअघि अनलाइन रिटेल थियो तर आज जस्तो कुनै पनि व्यवसायलाई बढाउन सजिलो गराउने क्लाउड कम्प्युटिङ थिएन भने बढ्दो मागलाई धान्न ती अनलाइन रिटेलहरुलाई हम्मे हम्मे पर्ने थियो । 

लाखौं बालबालिका विद्यालय बन्द भएर घर बस्नु पर्दा अनलाइन एजुकेसन प्लेटफर्महरु पनि दबाब झेलिरहेका छन् । ‘एडटक’ का बारेमा आज धेरै कुरा हुने गरेको छ ।

तर २००५ ताका विद्यालयहरुमा कम्प्युटर र ब्रोडब्याण्ड कनेक्टिभिटीको सुविधा नै थिएन । यसकारण अहिले जस्तो घरमा बसेर प्रविधिबाट पढ्ने भन्दा पनि त्यो बेला विद्यालयहरुमा आईटी सिस्टमलाई सुधार गर्ने कुरामा जोड दिइन्थ्यो ।

अहिले पनि स्वास्थ्य क्षेत्रमा आवश्यक भए जति प्रविधिको पहुँच छैन । तर २००५ ताका कोरोनाभाइरस फैलिएको भए लक्षण परीक्षण गराउने र प्रेस्क्रिप्सन लिने विधिहरुको बारेमा एकपटक सोची हेर्नुहोस् त ! जीपी सर्जरीहरु त्यो बेला अनलाइनमा उपलब्ध थिएनन् ।

एनएचएस १११ सेवा पनि त्यस समय अस्तित्वमा थिएन । यसको अर्थ कोरोना संकट निम्तिएको खण्डमा त्यो समय घण्टौ फोनको प्रतिक्षामा बस्नु पर्ने थियो । 

मनोरञ्जनको कुरा गर्दा त्यस बेला चौडा स्क्रिन भएका टीभीहरु नयाँ विकासको रुपमा देखा परेका थिए । हाई डेफिनेसन टीभीहरु आउने क्रममै थिए । तर टीभीहरु अहिले जस्तो इन्टरनेटमा जडान भएका भने थिएनन् । अहिले जस्तो स्ट्रिमिङ सर्भिसहरु पनि थिएनन् । 

नेक्स्टडोर जस्ता एपहरु आजभोली एकदमै धेरै उपयोगी सावित भएका छन् । कमजोर अवस्था भएका मानिसहरुका लागि यी एपहरुले सहयोग जुटाउन सम्पर्क माध्यमको काम गरिरहेका छन् । 

पछिल्ला वर्षहरुमा प्रविधि र स्मार्टफोनहरुले हाम्रो जीवनशैलीका लागि के काम गरेको छ, भन्ने प्रश्नहरु उठ्ने गरेका छन् । अनलाइनमा भेटिएका साथीहरु वास्तविक साथी हुँदैनन् र फेस टु फेस कन्ट्याक्टको अन्य विकल्प हुँदैन ।

दिनभर स्क्रिनमा घोरिनु स्वास्थ्यका लागि नराम्रो हो भन्ने पाठ हामीले पढ्दै आएका छौं । तर यो संकटपछि यी प्रविधिगत उपकरणहरुप्रतिको हाम्रो धारणामा सकरात्मक परिवर्तन आउने छ । यो राम्ररी प्रयोग गर्न जानियो भने जीवन रक्षक मात्र होइन एकदमै उपयोगी पनि हुनेछ । 

जोन्स बीबीसीका प्रविधि संवाददाता हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१