close

प्याटेन्टले बदलेको ह्वावेको कथा

टेकपाना टेकपाना

चैत २४, २०७६ १७:५२

प्याटेन्टले बदलेको ह्वावेको कथा

काठमाडौं । चिनियाँ दूरसञ्चार कम्पनी ह्वावे अहिले अमेरिकी व्यापार प्रतिबन्ध झेल्नुका साथै त्यहाँको टेलिकम कम्पनी भेरिजोनको प्याटेन्ट दुरुपयोग गरेको आरोपमा मूद्दा खेपिरहेको छ । भेरिजोनले ह्वावेलाई अमेरिकी अन्वेषणबाट लाभ लिइरहेको आरोप लगाएको छ ।

तर अर्कोतर्फ ह्वावेले ओपन इन्भेन्सन नेटवर्क ओआईएनसँग मिलेर भर्खरै आफ्ना ५६ हजारभन्दा धेरै प्याटेन्टहरु लिनक्स तथा ओपन सोर्स कम्पनीहरुका लागि खुल्ला गरिदिएको छ । 

ह्वावेका प्याटेन्टको पोर्टफोलियोमा एकदमै धेरै प्याटेन्ट छन् र विशेषगरी यी प्याटेन्टहरु फाइभजीमा आधारित छन् । स्टाटियाको रिपोर्ट अनुसार ह्वावेसँग फाइभजीको प्याटेन्टसँगै अन्य ३,१४७ प्याटेन्टहरु छन् । यदि तपाईं फाइभजी प्रविधि प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंले ह्वावेसँग डिल गर्नैपर्ने हुन्छ । 

फाइभ जी प्रविधिको मात्र कुरा होइन । ह्वावेले युरापेली युनियनका धेरै प्याटेन्टहरु पनि प्राप्त गरेको छ । साथै यो अमेरिकाको दश प्याटेन्ट प्रयोगकर्तामध्ये एक हो । सबै आधारमा ह्वावे एउटा महत्वपूर्ण दूरसञ्चार खेलाडी हो । 

ह्वावेले २०१२ मा विश्वकै ठूलो दूरसञ्चार उपकरण निर्माणकर्ता कम्पनी इरिक्सनको स्वामित्व लिएको थियो । २०१८ मा एप्पललाई पछि पार्दै ऊ सामसङपछि विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माणकर्ता कम्पनी बन्यो । 

तर २०१९ मेमा अमेरिकी सरकारले ह्वावेलाई आफ्नो इन्टिटी लिस्टमा राख्यो । उक्त सूचीमा परेपछि ह्वावेले अमेरिकी सरकारको अनुमति बिना उक्त देशका कम्पनीहरुसँगको कारोबारमा समेत प्रतिबन्धित हुनपर्‍यो ।

यीनै प्रतिबन्धको आधारमा गूगलको एन्ड्रोइड अपरेटिङ सिस्टम आफ्नो डिभाइसमा प्रयोग गर्न नपाउने भयो । साथै ह्वावे प्ले स्टोर तथा म्यापजस्ता व्यापक प्रयोग हुने एप आफ्नो डिभाइसमा राख्नबाट समेत प्रतिबन्धित हुनपुग्यो । 

ओआईएनमा संलग्न भएर ह्वावेले आफ्ना विभिन्न उद्देश्य पुरा गर्ने प्रयास गर्न थालेको आशंका गर्न थालिएको छ । आफ्ना अधिकांश प्याटेन्ट पोर्टफोलियो ओपन सोर्सका लागि खुल्ला गरेर उसले अमेरिकामा आधारित कम्पनीसँग पुनर्मिलनको अवस्था सृजना गर्ने प्रयास गर्दैछ ।

उदाहरणका लागि एटी एण्ड टी, इन्टेलेक्चुअल प्रपर्टी एलएलसी, गूगल र भेरिजोन पनि ओआईएनका सदस्य हुन् । 

टप टेक्नोलोजी ल फर्म जेस्मेर अप्डि ग्रुपका संस्थापक तथा स्ट्याण्डर्ड एण्ड प्याटेन्ट एक्सपर्ट एन्ड्रु एन्डीले एक अन्तरवार्तामा भनेका छन्, ‘विश्वभरका व्यवसायिक समुदायहरु ह्वावेसँगको आफ्नो व्यवसाय सामान्यरुपमा अगाडि जाओस् भन्ने चाहन्छन्, ह्वावे र उसका सम्बन्धनहरु फाइभइजी प्रविधिको नेतृत्वकर्ताहरु हुन् । बाँकी विश्व यो प्रविधिमा पहुँच बनाउन र यसभित्र अन्तरसञ्चालन हुन चाहन्छन् । अर्को शब्दमा भन्नुपर्दा अमेरिकी प्रशासनको निर्णयसँग सहमत भए पनि अहिले ह्वावेबाट पाउने फाइदाको तुलनामा अमेरिकी प्रशासनको निर्णय फितलो लागेर ती कम्पनीहरु ह्वावेलाई स्वीकार गर्दैछन् । यसको भर्खरैको एउटा प्रमाण भनेको केही दिन अघि अमेरिकीहरु चिनियाँ ह्याण्डसेट ह्वावेतर्फ अघि बढिरहेको समाचार प्रकाशित भएको थियो ।’

यसको एउटा दृष्टान्त भनेको ह्वावेले अमेरिकी कम्पनीहरुको पार्टस् प्रयोग गरेर भर्खरै पी ४० प्रो फोन रिलिज गरेको छ । 

यसबीच ह्वावे, ओआईएनसँग जोडिएपछि अहिलेका वौद्धिक सम्पत्ति सम्बन्धी विवाद र चलिरहेको मुद्दामा के प्रभाव पर्ला भन्ने कुरा हेर्न बाँकी नै छ । अब यी मुलुक र कम्पनीहरुले ह्वावेसँग कसरी काम गर्लान् भन्ने प्रश्न पनि उठेको छ । 

एन्डी अगाडि भन्छन्, ‘ह्वावे ओआईएनसँग जोडिन खोज्नु वा ओआईएनले ह्वावेलाई स्वागत गर्न पाउँदा खुशी हुनुमा म आश्चर्यचकित छैन । यस्ता धेरै स्ट्याण्डर्ड संस्थाहरु छन्, जो ह्वावेलाई समावेश गर्न चाहन्छन् । तर ती कम्पनीहरुले आफ्नो नीतिमा परिवर्तन नल्याएसम्म यो सम्भव नहुने धेरैको तर्क छ । अन्यथा बीआईएस अर्थात् द ब्युरो अफ इन्डस्ट्री एण्ड सेक्युरिटीले एउटा सुरक्षित बन्दरगाह तयार गर्नेछ । स्ट्याण्डर्ड संस्थाहरुको तुलनामा ओपसन सोर्स परियोजनाहरु धेरै पादर्शी ढंगले सञ्चालन हुन्छन् । यसले गर्दा ह्वावे अन्य थप धेरै महत्वपूर्ण ओपन सोर्स परियोजनाहरुमा निरन्तर सहभागी हुन पाउने छ ।’

हुवावेको यो कदम पछाडि अर्को पनि एउटा कारण छ । ओपन सोर्सले सफ्टवेयर युद्ध जितिसकेको अवस्थामा सबैजसो सफ्टवेयर विकास ओपनसोर्सबाट हुने गरेको छ । 

अमेरिकी प्रशासनबाट हमला भइरहेको अवस्थामा ह्वावेले ओपन सोर्स इकोसिस्टममा आफ्नो पहिचानलाई मूख्य खेलाडीको रुपमा स्थापित गर्न यस्तो कदम उठाएको पनि हुनसक्ने एन्डी बताउँछन् । 

ओपन सोर्स सफ्टवेयर लाइसेन्सिङका विज्ञ तथा ओमेल्भिन एण्ड मेयर्स ल फर्मका पार्टनर ह्याथर मिकर भन्छन्,‘ह्वावेको यो कदमले ओआईएनमा संलग्न हुन कुनै पनि प्रडक्ट कम्पनीका लागि कठीन विषय नभएको देखाएको छ । कसैले पनि लिनक्सको विरुद्ध प्याटेन्ट ल्याएका छैनन् । लिनक्स जस्तो चर्चित ओपन सोर्स परियोजना विरुद्ध प्याटेन्ट युद्ध सुरु गर्नु भनेको व्यवसायको लागि राम्रो कुरा होइन । कर्नलको तुलनामा ओआईएनले लिनक्सको परिभाषालाई धेरै फराकिलो बनाएको छ । यद्यपी ओआईएनको पुलले वेबको आधारभूत पूर्वाधारलाई रक्षा गरेको छ र कुनै पनि गम्भिर प्रडक्ट कम्पनीले यसमा अवरोध पुर्‍याउने रुची राखेका छैनन् । यो भनेको हामी आफैले हिडेँको बाटो आफै भत्काउनु जस्तो हुनेछ ।’

एजेन्सीहरुको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१