close

गूगलले सार्वजनिक गर्‍याे कोरोना भाइरसको जानकारी दिने ‘न्युज हब’

टेकपाना टेकपाना

चैत २५, २०७६ १२:२६

गूगलले सार्वजनिक गर्‍याे कोरोना भाइरसको जानकारी दिने ‘न्युज हब’

काठमाडौं । अहिले कोरोनाभाइरसको जानकारी दिने प्लेटफर्मको कुनै कमी छैन । विश्व स्वास्थ्य संगठनदेखि विभिन्ने देशहरु आफैले पनि आधिकारिक वेबसाइट सार्वजनिक गरेका छ्न ।

यसैबीच गूगलले विभिन्न आधिकारिक स्रोतहरुबाट जानकारी संकलन गरी पाठकलाई एकै ठाउँमा उपलब्ध गराउने योजनाका साथ गूगल न्युजमा ‘कोभिड–१९’ हब सञ्चालनमा ल्याएको हो । गूगलको नयाँ कोरोना भाइरस हबमा प्रवेश गर्न यहाँ क्लिक गर्नुहोस् ।

उक्त हबमा कोरोनाभाइरसको सम्पूर्ण जानकारी उपलब्ध हुने बताइएको छ । त्यसमा कोरोनाभाइरसबाट कसरी बच्ने, यसले कसरी सर्छ भन्ने लगायतका टिप्स पनि उपलब्ध हुने गूगलले उल्लेख गरेको छ।

यसका साथै गूगलले ‘फ्याक्ट चेकिङ’ टूल निर्माणमा समेत काम गरिरहेको जनाएको छ । जसले कोरोनाबारे गलत जानकारीलाई राक्न मद्दत पुर्‍याउने छ । हाल यो फिचर परीक्षणको क्रममा रहेकाले छिट्टै कार्यान्वयनमा आउने द नेक्स्ट वेबले लेखेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१