close

नोकियाले थप्यो ४५ दिनको वारेन्टी

टेकपाना टेकपाना

चैत २५, २०७६ १३:२९

नोकियाले थप्यो ४५ दिनको वारेन्टी

काठमाडाैं । नोकियाले कोरोनाभाइरसका कारण आफ्नो रिपेयर एण्ड रिटन्स सेवा (मर्मत तथा अन्य सेवा) को वारेन्टीका लागि ४५ दिनको म्याद थप गरेको छ । यो समय अवधि ‘१५मार्च, २०२० देखि १५ अप्रिल, २०२० बीचको अवधिमा वारेन्टि म्याद समाप्त भएका फिचर फोन तथा स्मार्टफोनको वारेन्टीको हकमा लागु हुने कम्पनीले जनाएको छ ।

उदाहरणका लागि, यदि तपाईंको फोनको वारेन्टी १५ मार्च, २०२० मा समाप्त हुँदैछ भने नयाँ म्याद ३० अप्रिल, २०२० हुनेछ । नेपालका लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिका अनुसार नोकिया फिचर फोन तथा नोकिया सीवान स्मार्टफोनमा ३६५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टिको सुविधा दिइदैं आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१