close

एक वर्षसम्म निःशूल्क प्रयोग गर्न सकिने मेडिटेसन एप

टेकपाना टेकपाना

चैत २५, २०७६ १५:२२

एक वर्षसम्म निःशूल्क प्रयोग गर्न सकिने मेडिटेसन एप

काठमाडौं । कोरोनाभाइरसका कारण अहिले कतिपय मानिसहरु सीटीएसडी अर्थात् करेन्ट ट्रमेटिक स्ट्रेस डिस अर्डरबाट गुज्रिरहेका छन् । यस्तो अवस्थामा ध्यानले मानिसहरुलाई धेरै हदसम्म सहयोग गर्न सक्छ ।

तर तपाईंले ध्यान आफै गर्न भने सक्नुहुँदैन । यसका लागि तपाईंलाई निश्चित किसिमको निर्देशनको खाँचो हुन्छ । 

प्रक्रिया गलत भएको खण्डमा नकरात्मक असर पर्न सक्छ । त्यसैले यस्तो ध्यान र योगा सिकाउन विकल्पमा धेरै एप्सहरु छन् ।

तपाईंले मेडिटेसन एपलाई हेर्नु हुन्छ भने अधिकांशले आफ्नो मासिक वा वार्षिक शूल्क बढाउँदै लगिरहेका हुन्छन् । 

निःशूल्क मेडिटेसन एप पाउन एकमदमै मुस्किल भइसकेको छ । तर मेडिटेसन एप इलिभेटले एक वर्षका लागि निःशूल्क सब्स्क्रिप्सनको सुविधा अफर गरेको छ । 

हाल यो एप आईओएसमा मात्रै उपलब्ध छ र एन्ड्रोइड भर्सनमा यो चाँडै आउँदैछ । यो एपको नाम ब्यालेन्स एप हो । यो एप इन्स्टल गरिसकेपछि प्रयोगकर्तालाई विभिन्न प्रश्नहरु सोधिन्छ ।

प्रयोगकर्ताको आवश्यकता र रुची अनुसार कस्तो मेडिटेसन सेवा लिने भन्ने प्रश्नहरु रहेका हुन्छन् । यी प्रश्नको सिरिज सकेपछि यो एप सुरु हुन्छ । जसमा तपाईंलाई साना स्याम्पल मेडिटेसनहरु देखाइन्छ ।

त्यसपछि तपाईं मेन मेनुमा पुग्नुहुन्छ, जहाँ तपाईं आफ्नो प्रोफाइलमा ट्याप गरेर अपग्रेड गर्नसक्नुहुन्छ । त्यसमा एक वर्ष निःशूल्क सब्स्क्राइब गर्ने अप्सनमा गएर क्लिक गर्नुहोस् ।

यसमा एक्टिभेट गरेपछि अटोमेटिक बिलिङ हुन्छ । एक वर्षभन्दा थप यसको सेवा लिन चाहेमा वार्षिकरुपमा ५० डलर तिर्नुपर्ने हुन्छ । यसमा विभिन्न किसिमका रोगहरुको निदानका लागि मेडिटेसन गर्ने सुविधा समेत रहेको छ । 

आईओएसमा रहेको एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१