close

बिगमार्टका सामान घरघरसम्म पुर्‍याउँदै दराज

टेकपाना टेकपाना

चैत २५, २०७६ १७:१

बिगमार्टका सामान घरघरसम्म पुर्‍याउँदै दराज

काठमाडौं । नेपालकै ठूलो अनलाइन बजारको रुपमा रहेको दराजले बिग मार्टसँगको सहकार्यमा दैनिक आवश्यक वस्तुहरू घर घरमा पुर्‍याउने भएको छ । कम्पनीले काठमाडौं उपत्यकाभित्र अनलाइन डेलिभरी सेवा सुरु गरिसकेको छ छ ।

कम्पनीले लकडाउनको समयमा समेत सरकारको अनुमतिमा ग्राहकहरुको घरदैलोमा दैनिक आवश्यक वस्तुहरू पुर्‍याउनेछ । दुई कम्पनीबीचको सम्झौता अनुसार दराजको डीमार्ट नामक किराना खण्ड बिगमार्टको अनलाइन शाखामा रुपान्तरण हुनेछ ।

त्यहाँ, ग्राहकहरूले बिगमार्टमा उपलब्ध आवश्यक वस्तु तथा सामग्री पाउनेछन् । साथै बिगमार्ट मार्फत उपलब्ध अफहरू समेत प्राप्त गर्न सकिने उल्लेख गरिएको छ ।

ग्राहकहरूले दराजका बैंक पार्टनरहरूको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि १० प्रतिशत तथा अधिकतम पाँच सय रुपैयाँको छूट समेत पाउन सक्नेछन् । बिगमार्टका सामान दराज एप वा दराजको वेबसाइटको गृहपृष्ठ र होमपेजमा सजिलै भेट्न सकिनेछ ।

यो सेवा हाल काठमाडौं उपत्यकाभित्र मात्र लागु हुने उल्लेख गरिएको छ । चाँडै देशका अरु स्थानहरुमा पनि डेलिभरी सुविधा पुर्‍याउने योजना रहेको दराजले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१