close

जोडीका लागि फेसबुकको छुट्टै एप

टेकपाना टेकपाना

चैत २६, २०७६ १७:२०

जोडीका लागि फेसबुकको छुट्टै एप

काठमाडौं । फेसबुकको न्यु प्रडक्ट एक्सपेरिमेन्टेसन (एनपीई) टिमले जोडीहरुलाई लक्षित गर्दै नयाँ एप सार्वजनिक गरेको छ । यसअघी मेमो बनाउने एप ‘ह्वेल’ र पिन्ट्रेस्ट जस्तै एप ‘हव्वी’ बनाएकै टिमले यो नयाँ एप बनाएको हो ।

फेसबुकले सार्वजनिक गरेको ‘ट्युन्ड’ नामक नयाँ एप नयाँ एपले तपाईं र तपाईंको प्रियजन प्रति लक्षित छ । यो सामान्य म्यासेजिङ एप मात्रै होइन ।

यसले स्क्य्राप बुक जस्तै फीडमार्फत तपाईंलाई आफ्नो यादगार पलहरुको समीक्षा गर्न सघाउनेछ । त्यतिमात्रै नभएर यसमार्फत तपाईंले साधारण फोटोका साथै भ्वाइस मेमो, कार्ड, नोट र आफैले स्टिकर बनाएर समेत आफ्नो प्रियसी वा प्रियतम्‌लाई पठाउन सक्नुहुनेछ ।

तपाईंले आफ्नो ‘स्पोटीफाई’ अकाउण्टमा यसलाई कनेक्ट गराएर त्यहाँ आफ्नो प्लेलिस्ट शेयर गर्न समेत सक्नुहुनेछ । कोरोनका कारण हाल यसको प्रयोग त्यति धेरै नहुने अपेक्षा गरिएको छ ।

तर, यदि क्वारेन्टाइटका कारण एक अर्काबिच दुरी पैदा भएको खण्डमा भने आफ्नो माया बाँड्नका लागि यो एप प्रयोग गर्न सकिने छ । कम्पनीका अनुसार ट्युन्ड एप हाललाई एप्पल प्रयोगकर्ताले मात्रै प्रयोग गर्न सक्नेछन् । द नेक्स्ट वेबले उल्लेख गरे अनुसार एन्ड्रोइड भर्सनमा पनि यो एप चाँडै सार्वजनिक हुनेछ ।

आईफोनमा ट्युन्ड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१