close

एनसेल प्रयोगकर्तालाई मोबाइलमा प्रभु टीभी १ महिनासम्म निःशूल्क

टेकपाना टेकपाना

चैत २६, २०७६ १३:५३

एनसेल प्रयोगकर्तालाई मोबाइलमा प्रभु टीभी १ महिनासम्म निःशूल्क

काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलका प्रयोगकर्ताले एक महिनासम्म निःशूल्क प्रभु टीभी हेर्न पाउने भएका छन् । एनसेलको सिम प्रयोग गरी प्रभु टीभीको एप मार्फत एक महिनासम्म एक सय ५० वटा च्यानल एचडी क्वालिटीमा हेर्न सकिने भएको हो ।

कोरोनाभाइरसका कारण सरकारले देशभर लकडाउन लागु गरेको छ । यसै अवस्थालालाई मध्यनजर गर्दै प्रभु टीभीले यस्तो अफर ल्याएको हो ।

कम्पनीले लकडाउन अफर अन्तर्गत एक महिनासम्म मोबाइलमा निःशूल्क टीभी हर्न मिल्ने बनाएको हो । त्यसका लागि एनसेल सिमकार्ड प्रयोगकर्ताहरुले प्रभु टीभी एप डाउनलोड गर्नुपर्नेछ । प्रभु टीभीको एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

यदि तपाईंले यस अघि नै प्रभु टीभीको एप डाउनलोड गरिसक्नुभएको छ भने एनसेल नम्बर प्रयोग गरी नयाँ अकाउण्ट बनाउनुपर्ने हुन्छ । कम्पनीका अनुसार एपमा नेपाली च्यानलहरु सहित कूल एक सय ५० वटा च्यानलहरु एचडी क्वालिटीमा उपलब्ध छन् ।

लकडाउनको समयमा घरभित्रै बसिरहँदा दिक्क लाग्ने भएकाले यो सुविधाले नेपालीहरुको मनोरञ्जन तथा समाचारका लागि सहयोगी भूमिका खेल्ने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१