close

नयाँ प्रिमियम स्मार्टफोन सार्वजनिक गर्दै एलजी

टेकपाना टेकपाना

चैत २६, २०७६ १३:४१

नयाँ प्रिमियम स्मार्टफोन सार्वजनिक गर्दै एलजी

काठमाडौं । केही दिन अघिदेखि एलजी कम्पनीले आफ्नो जी सिरिजको फोन रद्द गर्ने हल्लाहरु बाहिर आएका थिए । ती हल्लाहरु तथ्यमा आधारित रहेको पुष्टि भएको छ । 

एलजीले अब भने आगामी मे १५ मा आफ्नो नयाँ प्रिमियम प्रडक्ट लाइनको स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कोरियन टेलिकम प्रडक्ट ब्रिफिङमा एलजीले उक्त हल्लाहरुको पुष्टि गर्दै नयाँ प्रिमियम सिरिजको रिलिज डेट पनि सार्वजनिक गरेको हो ।

यो प्रोडक्ट लाइन फाइभ जी नेटवर्कमा आधारित हुनेछ । साथै यसमा क्वालकम स्नापड्रागन सेभेन सिरिज प्रोसेसर रहने छ । यो नयाँ प्रिमियम लाइनमा फाइभजी क्षमतामा स्नापड्रागन ७६५ वा ७६५ जी चिपसेट रहने छ ।

क्वालकम स्नापड्रागन सेभेन सिरिज एसओसी ८०० सिरिज प्रोसेसरभन्दा सस्तो हुने भएकोले एलजीका नयाँ आएने फोनहरु स्नापड्रागन ८६५ भएको एलजी भी सिक्स्टीको तुलनामा सस्तो हुने देखिन्छ ।

एलजीको आउँदै गरेको फोनमा फाइभजी सपोर्ट बाहेक अरु के कुराले यो फोनलाई प्रिमियम बनाएको छ, त्यो खुलासा भने भएको छैन । तर कम्पनीले यो फोनलाई प्रिमियम फोन भएको दाबी गरेको छ । 

नेभर न्युज एजेन्सीका अनुसार यसमा डुअल स्क्रिन एट्याचमेन्ट रहने छ । यसमा ४८ मेगापिक्सेलको प्राइमरी क्यामेराका साथै चार हजार एमएएचको ब्याट्री रहने छ । 

यसको स्क्रिन ६.७ देखि ६.९ इञ्चको बीचमा रहने छ । यसका अन्य फिचरहरु निश्चित रुपमा फोन सार्वजनिक भएसँगै बाहिर आउने नै छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१