close

सरकारको अनलाइन शपिङबाट यसरी गर्नुहोस् अर्डर

टेकपाना टेकपाना

चैत २७, २०७६ १०:१६

काठमाडौं । सरकारले बुधबारदेखि पहिलोपटक ईकमर्स तथा अनलाइन शपिङ सुरु गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुरु गरेको यो सेवा हाललाई काठमाडौं उपत्यकाको चक्रपथभित्र मात्रै उपलब्ध हुनेछ ।

यद्यपी कम्पनीले क्रमशः यो सेवालाई देशका अन्य भागमा समेत विस्तार गरिने जनाएको छ । चामल, दाल, गेडागुडी, फापर, इन्डक्सन चुल्हो खरीद गर्न सकिने यो शपिङ साइटमा अन्य सामग्री समेत थप गरिने बताइएको छ ।

अनलाइन अर्डर कसरी गर्ने ?

सरकारले सुरु गरेको अनलाइन शपिङमार्फत खाद्यवस्तु तथा अन्य आवश्यक सामग्री खरीद गर्न सुरुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वेबसाइटमा जानुहोस् । वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।

वेबसाइटमा गइसकेपछि दिइएका मध्य उपयुक्त स्थानमा क्लिक गर्नुहोस् र दायाँतर्फ माथि कुनामा सर्च बटनसँगै रहेको अकाउण्टमा प्रवेश गर्नुहोस् । अब त्यहाँ रहेको रजिस्टरमा क्लिक गर्नुहोस् ।

अब त्यहाँ एउटा रजिस्टर फर्म देखा पर्नेछ । फर्ममा क्रमशः नाम, थर, ईमेल, फोन नम्बर, मोबाइल, भर्नुहोस् र पासवर्ड समेत राख्नुहोस् ।

फर्म भरिसकेपछि लग ईनका लागि तपाईंको युजरनेम र पासवर्ड तयार हुनेछ । यसबाट अब कम्पनीको वेबसाइटमा लगईन गर्नुहोस् । लगईन गरिसकेपछि वेबसाइटको दायाँतर्फको माथि कुनामा अकाउण्टसँगै रहेको कार्टमा क्लिक गर्नुहोस् ।

अब त्यहाँ रहेको निलो कलरको कन्टिन्यु शपिङमा क्लिक गर्नुहोस् र आवश्यक सामान छनौट गरेर कार्टमा एड गर्नुहोस् । अब त्यहाँ तपाईंको सामानको मूल्य सहितको सूची देखा पर्छ । त्यहाँ बाट कन्टिन्यु गरी आवश्यक सामान अर्डर गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८१ १७:५१