close

अनधिकृत फोन नउठाउन र ईमेल नखोल्न भायनेटको आग्रह

टेकपाना टेकपाना

चैत २६, २०७६ १९:५१

अनधिकृत फोन नउठाउन र ईमेल नखोल्न भायनेटको आग्रह

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेसन प्रालिले आफ्नो सिस्टममा भएको साइबर आक्रमणबाट निम्तिएको समस्या समाधान भएको जनाएको छ । सिस्टममा भएको साइबर आक्रमणबाट प्रयोगकर्ताको नाम, ठेगाना, ईमेल, र फोन नम्बर लिक भएपछि कम्पनीले तत्कालै उक्त समस्याको समाधान गरिएको बताएको हो ।

साथै साइबर आक्रमणको विषयमा नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोले थप अध्ययन गरिरहेको छ । कम्पनीले यो समयमा प्रयोगकर्तालाई सम्यमित भएर सहयोग गरिदिन समेत आग्रह गरेको छ ।

अनधिकृत अथवा नयाँ नम्बरबाट आएका कल नउठाउन र अपरिचितले पठाएका ईमेल नखोल्न कम्पनीले आफ्ना प्रयोगकर्तालाई आग्रह गरेको छ ।

भायनेटको नामबाट ९८०१०४६४१०, ०१–५९७०४४४ र ०१–४२१७५५५ नम्बर बाहेक अरुबाट कल आएको खण्डमा समेत त्यसबाट बच्न आग्रह गरिएको छ । सहजताको लागि उल्लेखित नम्बर मोबाइलमा सेभ गरेर राख्न भनिएको छ ।

त्यस्तै vianet.com.np डोमेन भन्दा बाहिरबाट ईमेल आएको खण्डमा नखोल्न र रिप्लाई नदिन आग्रह गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१