close

लकडाउनमा टेलिकमले दिएको छूटको अवधि थपियो

टेकपाना टेकपाना

चैत २६, २०७६ २१:५१

लकडाउनमा टेलिकमले दिएको छूटको अवधि थपियो

काठमाडौं । नेपाल टेलिकमले लकडाउनको समयमा आफ्ना ग्राहकलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ । सरकारले तेश्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै अफरको अवधि २७ चैत्रबाट ०४ बैशाखसम्म बढाएको हो ।

थप गरिएको अवधिमा कम्पनीका ग्राहकले जीएसएम सेवामा डाटा प्याक अन्तर्गत पहिलो प्याकेजमा सय रुपैयाँमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी डाटा बोनस स्वरुप पाउनेछन् । प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्नुपर्नेछ ।

यसैगरी दास्रो प्याकेजमा दुई सय रुपैयाँमा दुई जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र यो बोनस फोरजी नेटवर्कमा ७ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छूट उपलब्ध हुनेछ । जसअन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ रुपैयाँमा खरिद गर्दा २० मिनेट बोनस प्राप्त हुनेछ ।

दास्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि ए सय रुपैयाँमा खरिद गर्दा थप ९५ मिनेट बोनस स्वरुप उपलब्ध हुनेछ । स्टे कनेक्टेड अफर नेपाल टेलिकम एप र सोझै ८ज्ञद्धज्ञछ८ज्ञण्३ डायल खरीद गर्न सकिनेछ ।

यसैगरी ग्राहकको सुविधालाई ध्यानमा राखी कम्पनीले विन्टर अफरका रुपमा उपलब्ध गराइरहेका छूटहरुलाई स्प्रिङ अफरका रुपमा २०७७ असार मसान्तसम्म विस्तार गरेको छ ।

एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा पोस्टपेड मोबाइलमा एक दिनमा बढीमा १० पटकसम्म र एक पटकमा दशदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिने कम्पनीको हालको व्यवस्था परिमार्जन गरी एक दिनमा बढीमा २० पटक सम्म र एक पटकमा ५ सय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने बनाइएको छ ।

यसैगरी पूर्ण लकडाउनको अवधिमा कम्पनीका एडीएसएल, एफटीटीएच तथा वाइम्याक्स सेवाका ग्राहकको समयावधि सकिने म्याद भने चैत २५ सम्मका लागि मात्रै कायम हुनेछ ।

साथै जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध छूट क्रमशः ३० प्रतिशत र २७ प्रतिशत लकडाउन अवधिभर निरन्तर जारी रहने टेलिकमले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१