close

फाइभजी भ्वाइस र भिडियो कलमा ओप्पोको सफलता

टेकपाना टेकपाना

चैत २७, २०७६ १४:३०

फाइभजी भ्वाइस र भिडियो कलमा ओप्पोको सफलता

काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी ओप्पोले फाइभजी नेटवर्कमा आधारित भ्वाइस र भिडियो कलमा सफलता हात पारेको छ । कम्पनीले एरिक्सन र मिडियाटेकसँगको सहकार्यमा उक्त सफलता हात पारेका हो ।

मिडियाटेकको डाइमेन्सिटी १००० सिरिज एसओसीमा आधारित कमर्सियल स्मार्टफोन मार्फत एरिक्सन रेडियो सिस्टम प्रडक्ट्स एण्ड सोलुसनद्वारा सञ्चारित ईन्ड टू ईन्ड फाइभजी स्ट्यान्ड अलोन (एसए) नेटवर्कको माध्यमबाट यो सफलता हात पारिएको उल्लेख गरिएको छ ।

भीओएनआर पूर्णतः फाइभजी नेटवर्क (एसए आर्किटेक्चर) मा आधारित आधारभूत कल सेवा हो । पछिल्ला कल सेवासँग तुलना गर्दा भीओएनआरले कम समयमा उत्कृष्ट आवाज तथा गुणस्तरीय भिडियोको अनुभव प्रदान गर्ने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४